नेपाल राष्ट्र बैंकको १८औं गभर्नर चयन प्रक्रिया अघि बढ्यो
काठमाडौं – सरकारले नेपाल राष्ट्र बैंकको १८औं गभर्नर चयन प्रक्रिया अघि बढाएको छ। फागुन २१ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो, जसमा पूर्व गभर्नर बिजयनाथ भट्टराई र डा. विश्व पौडेल सदस्य रहेका छन्।

हाल गभर्नरको पदका लागि करिब ३ दर्जन नाम चर्चामा छन्। एमाले नेतृत्वको सरकार भए पनि सत्ता समीकरणका कारण कांग्रेस पक्षधर व्यक्तिहरूको पनि चर्चा भइरहेको छ। यसअघि बहालवाला गभर्नर महाप्रसाद अधिकारी दोहोरिने सम्भावना कमजोर देखिएको छ।
राष्ट्र बैंककै कार्यकारी निर्देशक तथा पूर्व सचिवहरू मुख्य दाबेदार मानिएका छन्। तर, कानुनी आधारमा कार्यकारी निर्देशक गभर्नर बन्न सिफारिस हुन नमिल्ने नजिर रहेको विज्ञहरू बताउँछन्। सत्ता समीकरणकै प्रभावमा गभर्नर चयन हुने सम्भावना उच्च देखिएको छ।
![]() |
![]() |
![]() |
|---|



