Close

Recent Posts

देउवा, ओली र प्रचण्डसँग प्रधानमन्त्री भएर देश चलाउने क्षमता नभएको प्रसाईकाे टिप्पणी

देउवा, ओली र प्रचण्डसँग प्रधानमन्त्री भएर देश चलाउने क्षमता नभएको प्रसाईकाे टिप्पणी
  • ९ चैत्र २०८१, आईतवार १५:११

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको र हनु पनि नसक्ने बताउँदै उनले राजालाई कुनै पार्टीको अध्यक्ष भएर काम गर्न समेत सुझाव दिएका छन् ।

यसको नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले खण्डन समेत गरेका छन् । प्रसाईले देउवासँग देश चलाउन सक्ने क्षमता नभएको पनि टिप्पणी गरेका छन् । देउवाले पाँच पटक प्रधानमन्त्री हुँदा के–के काम गरेका छन् सबै देखिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले देउवालाई कामभन्दा भ्रष्टाचार गर्नतिर जोड दिएको थाहा पाएपछि असक्षम भनेर प्रधानमन्त्रीबाट हटाएको पनि प्रसाईको दाबी छ ।

प्रसाईले देउवासँग मात्र होइन एमाले अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसँग पनि प्रधानमन्त्री भएर देश चलाउन सक्ने क्षमता नभएको आरोप लगाएका छन् । उनले अहिले तस्करी र केही बिचौलिया दलाली व्यापारीको भरमा तीनै जना प्रधानमन्त्री भएको दाबी गरे । देशमा राजतन्त्र र हिन्दुराज्यको माहोल देखेपछि तीनै जना शीर्ष नेता डराएर राजाको विरोधमा जे पायो त्यही बोल्न थालेको प्रसाईको टिप्पणी छ ।

पूर्वराजा ज्ञानेन्द्र सक्रिय भएसँगै उनी फेरि सनातन हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा उभिएका छन् । अहिले जनताले राजतन्त्र रुचाएको उनको भनाइ छ ।

प्रचण्ड नेतृत्वको पछिल्लो सरकारमा उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री भएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजादेखि माओवादीसम्म अट्न सक्ने व्यक्ति हुन् । उनी आफनो आवश्यक अनुसार राजतन्त्रको नारा लगाउँदै आएका छन् । यसका विरोध पार्टीभित्रै भइरहेको छ ।

दलहरूबिच सहमति भएमा राष्ट्रपतिको ठाउँमा राजा राख्न सकिने उनको नक्कली तर्क छ । लिङ्देन एमालेसँग चुनावी तालमेल गरी झापा ३ बाट २०७४ र २०७९ को प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । २०७९ माघ ३ गते प्रचण्ड सरकारमा ऊर्जामन्त्री भएका उनी लामो समय सत्तामा रहेनन् ।

राजनीतिक वृत्तमा ‘मुसा प्रवृत्ति’को उपनामले चिनिएका थापा २०७२ सालमा केपी ओली नेतृत्वको सरकार र २०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा समेत उपप्रधानमन्त्री बन्न सफल भए । भने २०७९ को निर्वाचनमा एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर मकवानपुर–१ बाट निर्वाचन लडेका उनी पराजित भए ।