Close

Recent Posts

राजा शाहलाई पक्रिने ओली सरकारको औकात छैन, यो सबै स्टेनवाजी मात्र भएको प्रसाईको दाबी

राजा शाहलाई पक्रिने ओली सरकारको औकात छैन, यो सबै स्टेनवाजी मात्र भएको प्रसाईको दाबी
  • १० चैत्र २०८१, सोमबार १४:५०

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तार गरेको चर्चा चलिरहेको छ । यस विषयमा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई सरकार र विपक्षी दल माओवादीको स्टेनवाजी मात्र भएको आरोप लगाएका छन् ।

mulpatra

राजसंस्थाको पुनस्र्थापना, संघीयताको खारेजी, हिन्दू राष्ट्र स्थापनासहितका मागसहित आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रवादीलाई त्रासमा राख्न यस्तो यस्तो स्टेनवाजी गरेको प्रसाई बताउँछन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग थप छलफल गरेर अगाडि बढ्ने योजनामा भइरहेको चर्चा समेत चलिरहेको छ । यसै बेला प्रसाईले भने यो सबै लोकतन्त्रमा ठगि खान पल्केको हल्ला मात्र गरेको बताएका छन् ।

mulpatra mulpatra mulpatra

यसै विषयमा अघि नै प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल हुने भनिएपनि भएको छैन । तर, माओवादी केन्द्रद्वारा हुलाकी राजमार्ग केन्द्रित आयोजित जनतासँग माओवादी कार्यक्रमका लागि प्रचण्ड तराई मधेशतर्फ गएकाले उनीहरूको भेट नभएको ओलीको सचिवालयले जनाएको छ । प्रचण्ड गएपछि ओली र देउवाबीच मात्रै भएको थियो । तर ओलीले राजाको गतिविधि नियन्त्रणमा राख्ने प्रस्ताव गरेपनि देउवाले केही जवाफ दिएका छैन ।

चुनौती दिँदै सडकमा उत्रिएपछि पूर्वराजालाई पनि गिरफ्तार गर्नुपर्ने हुन्छ भन्ने ओलीको भनाइमा देउवाले केही बोल्न नचाहेको पाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका दलहरू पूर्वराजालाई फर्काउने योजनासहित आन्दोलनमा उत्रिएपछि देउवाले पूर्वराजा फर्किन नसक्ने बताउँदै राप्रपाको अध्यक्ष बनाउनुपर्ने टिप्पणी गरेका छन् । पूर्वराजालाई फर्काउनका लागि राप्रपाले आन्दोलन गरेपछि प्रचण्डले राजा कुनै पनि हालतमा नफर्किने ठोकुवासमेत गरेका छन् ।

Image Source: © https://mulpatra.com

तर राप्रपाभन्दा पुर्वराजा फकाउन प्रसाईको आन्दोलन भने चुनौती हुने तीन जना शीर्ष नेताहरुले बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले यसअघि नै प्रचण्डसँग भेट्ने प्रयास गरेका थिए । संसद्को ७ चैतमा बसेको बैठकमा ओलीले प्रचण्डसँग भेट्ने प्रयास पटकपटक गरिए पनि भेट हुन नसकेको बताएका थिए ।

ओली र प्रचण्डले अहिलेको अवस्थामा राप्रपाभन्दा प्रसाईको आन्दोलन चुनौती भएको बुझेका छन् । जसका कारण प्रसाईको गतिविधिमाथि सरकारले चासो दिइरहेको छ । प्रधानमन्त्री ओलीले यसअघि बसेको एमाले सचिवालय बैठकमा पूर्वराजाबाट व्यवस्थालाई चुनौती दिने काम बढ्दै गए गिरफ्तारसम्म गर्न सकिने बताएका थिए । उनले उक्त बैंठकमा राजालाई बलियो साथ प्रसाईको भएका कारण केही चुनौती भएको उनको धारण थियो ।

गत ४ चैतमा बसेको सचिवालय बैठकमा ओलीले भारतीय जासुसी संस्था ‘रअ’ले आफू नेतृत्वको सरकारविरुद्ध गतिविधि गरेको बताउँदै त्यसो हो भने आफूले संसद्मै त्यसका ’दयगतमा खुला रूपमा बोल्ने बताएका थिए । यसमा कसो भुमिका ठुलो छ भनेर प्रसाईतिर औल्याएका थिए ।

प्रधानमन्त्री भएदेखि नै ओलीको भारतीय पक्षसँग सम्बन्ध सुधार हुन सकेको छैन । अरू प्रधानमन्त्रीलाई पदमा जानेबित्तिकै औपचारिक भ्रमणका लागि निम्तो दिने भारतले ओलीलाई नौ महिनासम्म पनि आमन्त्रण गरेको छैन ।

त्यसका लागि पटकपटक भएका प्रयास सफल हुन सकेको छैन । पछिल्लो समय परराष्ट्रमन्त्री आरजु देउवा राणाले प्रयास गरे पनि उनी पनि असफल भएकी छन् ।