कमाण्ड सम्हालेका प्रसाईले भने प्रसाईले भने जनप्रदर्शन सुरु हुनुअघि नै प्रहरीले प्रहरीले घरबाट अश्रु ग्यास प्रहार गर्यो
काठमाडौं । दुर्गा प्रसाईका नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा प्रदर्शनकारी घाइते भएका छन । प्रहरीले लाठीचार्ज, अश्रुग्यास र पछि पानीको फोहोराले प्रहार गरेपछि दोहोरो भिडन्त भएको हो। प्रदर्शनको क्रममा सशस्त्र प्रहरी समेत घाइते भएका छन् ।

प्रदर्शनकारी तर्फ धेरै घाइते भएको प्रत्यक्षदर्शीले बताइरहँदा एउटा घरमा ढुगा मुढा साथै आगजनी समेत भएको छ । प्रहरीले घरमा लुकेर अश्रृ ग्यास प्रहार गरेपछि आक्रोषित भिडले घरमा ढुंगामुढा तथा आगजनी गरेका छन् ।
प्रहरीले घरमा लुकेर अश्रुग्यास हानेको प्रदर्शनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईले बताएका छन् । उनले सामाजिक सन्जाल फेसबुक मार्फत उक्त कुराको जानकारी गराएका छन ।
![]() |
![]() |
![]() |
|---|
उनले फेसबुकमा लेखेका छन् ‘…हामी शान्तीपुर्ण रुपमा कार्यक्रमस्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रु ग्यास प्रहार गर्यो, लाठीचार्ज गर्यो अझै तिनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रुग्यास प्रहार गरी हामीलाई कार्यक्रम सुरु सम्म गर्न दिएन । मैले सुन्दैछु मलाई यो सरकारले बाकी नराख्ने योजना बुन्दै छ, म रहुँला नरहुँला आन्दोलन नरोकियोस, यो व्यवस्था फेरेर मात्र यो अभियानले शान्तीको सास फेर्नेछ ।’
घरमा आगलागी भएको विषयमा बोल्दै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न सबैलाई अपिल समेत गरेका छन् ।
उनले भनेका छन ‘प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षती पुग्यो, कैयन साथीहरु र प्रहरीहरु घाईते हुनुभएको छ यस प्रति दुख व्यक्त गर्दै घाईते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु ।’
Image Source: © https://mulpatra.com




