Close

Recent Posts

राजासहित प्रसाईलाई पक्रिने सरकारको तयारी, घुसपेठ भएको प्रसाईको आरोप

राजासहित प्रसाईलाई पक्रिने सरकारको तयारी, घुसपेठ भएको प्रसाईको आरोप
  • १४ चैत्र २०८१, शुक्रबार १६:२२

काठमाडौं– सरकारले आज काठमाडौैको तीनकुने क्षेत्रमा भएको निजी सम्पत्ति तोडफोड र सर्वसाधारणको घरमा आगजनी जस्ता अपराधिक घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार ठहर गरेको छ । भने सरकारले आगजनी,तोडफोड र निजी तथा सरकारी सम्पत्ति नोक्सानीको जिम्मेवार पूर्व राजालाई बनाउने भएको छ ।

mulpatra

यता संयुक्त जनआन्दोलनको कमाण्ड सम्हालेका प्रसाईले शान्तिपुर्ण प्रदर्शनमा घुसपैठ भएको र तिनीहरुबाटै अराजक गतिविधि भएको जनाएका छन् ।

आन्दोलन गर्न आऊ भनेर उक्साउने र हिजोमात्र निर्मल निवासमा नवराज सुवेदी तथा दुर्गा प्रसाईलाई बोलाएर निर्देशन दिने ज्ञानेन्द्र शाह नै हुन् भन्ने दुनियालाई थाहा छ । आज व्यक्तिगत सम्पत्तिको आगजनी,लुटपाट,प्रहरी सुरक्षाकर्मीमाथिको आक्रमण तथा हतियार खोस्नेजस्तो जघन्य अपराधका घटनाको जिम्मेवार ज्ञानेन्द्र शाह भएको भन्द्र प्रधानमन्त्री केपी ओली निर्देशन दिइसकेको प्रहरी स्रोतले जनाएको छ ।

mulpatra mulpatra mulpatra

तोडफोड र आगजनीको प्रारम्भिक जानकारीपछि उच्च सरकारी अधिकारीहरुले राजनीतिक तहमा तत्काल ब्रिफिङ गरेका छन् । उनका मतियारहरु दुर्गा प्रसाईदेखि जो जो छन् उनीहरु सबैलाई कानूनी दायरमा ल्याउन सरकारमाथि नागरिक दबाब बढेको छ,केही निर्णय तत्कालै होला गरी निर्देशन आएको उनको भनाइ छ ।

राजावादी भनेर चिनिएका राप्रपाका अधिकांश शीर्ष नेता आजको प्रदर्शनमा देखिएनन् । उनीहरुले हिजोदेखि चुप बसेका थिए ।