Close

Recent Posts

सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक, बन्यो नयाँ रेकर्ड

सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक, बन्यो नयाँ रेकर्ड
  • १८ चैत्र २०८१, मंगलवार १२:३८

काठमाडौं– नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर बढिरहेको हो ।

mulpatra

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको हो । महासंघका अनुसार अघिल्लो दिनकै तुलनामा मंगलबार सुनको मूल्य १ हजार ८०० रुपैयाँ बढेर तोलामा १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्य कायम भएको हो।

mulpatra mulpatra mulpatra