Close

Recent Posts

चुडामणि चापागाईं बने नेप्सेको सीइओ

चुडामणि चापागाईं बने नेप्सेको सीइओ
  • १८ चैत्र २०८१, मंगलवार १२:४५

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीइओ चुडामणि चापागाई बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

mulpatra

नेप्से सीइओका छनौटमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए ।

चैत १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइटेललाई नेप्सेको सीइओ बनाउने निर्णय गरेको थियो । तर, उनको विरुद्ध उजुरी र विरोध भएपछि सरकारले सीइओमा चापागाई नियुक्त गरेको हो ।

mulpatra mulpatra mulpatra