Close

Recent Posts

गभर्नरको दौडमा ६ जना, कसले मार्ला बाजी ?

गभर्नरको दौडमा ६ जना, कसले मार्ला बाजी ?
  • २३ चैत्र २०८१, आईतवार १८:५७

काठमाडौं– केन्द्रीय बैंक यतिबेला नेतृत्व विहीन बनेको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आइतबार सकिएको छ । अधिकारीले शुक्रबार आफ्नो ५वर्षे कार्यकालको उपलब्धी सुनाएर बिदा भइसकेका छन् ।

mulpatra

बहालवाला गभर्नरको कार्यकाल पूरा हुनु एक महिनाअगावै गभर्नर नियुक्ति गरेर सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था ऐनमा भए पनि प्रधानमन्त्री केपी शर्मा ओली बिम्स्टेकको सम्मेलनमा सहभागी हुन पुगेपछि गभर्नर प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

नेपाल राष्ट्र बैंक ऐनको दफा २५ मा ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतः एक महिनाअगावै गभर्नरको पदमा यस ऐनबमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नेछ’ भनी उल्लेख गरिएको छ ।

mulpatra mulpatra mulpatra

महाप्रसाद अधिकारीको कार्यकाल सकिँदा पनि गभर्नर नियुक्ति सिफारिस समितिको बैठकसमेत बस्न सकेको छैन । गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद्को बैठकबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा पूर्वगभर्नर विजयराज भट्टराई र अर्थविद् डा।विश्व पौडेल सदस्य रहेको सिफारिस समिति गठन भएको छ ।

यस समितिले एक डेपुटी गभर्नर अनिवार्य हुनेगरी आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

समितिले सिफारिस गरेका तीन जनाबाट एक जनालाई मन्त्रिपरिषद्को बैकठकले गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था रहेको छ । सिफारिस समितिका संयोजक एवं उप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेल गभर्नर नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँछन् ।

Image Source: © https://mulpatra.com

अर्थ मन्त्रालय स्रोतका अनुसार समितिमा नयाँ गभर्नरका लागि ६ जनाको दौड जारी रहेको छ । दौडमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना र बमबहादुर मिश्र, सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे, पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, राष्ट्रिय योजना आयोगका सदस्य डा।प्रकाशकुमार श्रेष्ठ र ज्ञानेन्द्र ढुंगाना रहेका छन् ।

नीलम ढुंगाना र क्षेत्री एमाले निकट मनिन्छन् । यसैगरी पाण्डे, श्रेष्ठ र ज्ञानेन्द्र ढुंगाना कांग्रेस निकट मानिन्छन्। मिश्र भने कतै नखुलेको स्रोतको दाबी छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुंगानालाई गभर्नर बनाउन चाहेका छन्। ओलीले एक मन्त्रीसँगै नीलमलाई किन गभर्नर नबनाउने भनेर प्रश्न समेत गरेका थिए ।

यता ज्ञानेन्द्र ढुंगाना नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्न कस्सिएका हुन्। उनलाई गभर्नर बनाउन कांग्रेस संसद तथा उद्योगी विनोद चौधरी नै लागि परेका छन् ।

डा। पाण्डे र पूर्वमुख्यसचिव क्षत्रीको उमेर ६५ वर्ष नाघेकाले उमेर हद हटाएको चर्चा अर्थ मन्त्रालयमा छ । उनीहरू दुईमध्ये एकजना गभर्नरको सम्भावना रहेको स्रोतले बताएको छ । यी बाहेक अन्य गभर्नरका आकांक्षी भने सम्भावना कम देखेपछि भेटघाट र सोर्स लगाउन छोडेका छन् ।