किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?अदालतको फैसलामा प्रष्ट भनेपनि एसोसिएसनका व्यवसायी किन चुप
काठमाडौं– १३ औं साधारण सभाबाट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका थिए । तर अहिले उनीलाई किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकर बनाएको आरोपमा दोषी ठहर गत वर्ष नै गरेको थियो ।

सर्वोच्चको फैसलामा उनलाई प्रष्ट किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकर बनाएको दोषी ठहर गरिएको छ । तर नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले उनलाई संघको अध्यक्ष कसरी बनायो भन्ने पनि प्रश्नको विषय बनेको छ ।
मूलपत्र डटकममा असार ११ गते सरकार–दूतवासहरुकै नक्कली छाप बनाएर दुरुपयोग गरी दोषी ठहरिएका गैरे कसरी बने बैरो एसोसिएसनका अध्यक्ष शीर्षकमा समाचार प्रकाशन भएको थियो ।
![]() |
![]() |
![]() |
|---|
उनले यसको जवाफ नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र मिडियामा समेत स्पष्टीकरण दिएका छैन । सर्वोच्चले दोषी ठहर गरेको फैसला बाहिरिएपछि यसको जवाफ उनले दिएका छैन ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको विधानमा समेत अदालतको फैसलापछि अयोग्य ठहर भएको देखिन्छ । अहिलेसम्म गैरेले आफुमाथि लागेको आरोपमा खण्डन समेत नगरी निर्दोष जस्तै गरी बसेका छन् । यसका कारण केही किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरजस्तो किर्ते काममा दोषी ठहर भएको गैरेलाई अध्यक्षमै राख्न मिल्छ त भन्ने नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमाथि प्रश्न समेत उठेको छ ।
विधानमा यस्तो छ
Image Source: © https://mulpatra.com

गैरकानुनी रुपमा काम गरेको आरोप उनीसहित उनकै म्यानपावर एमकन ओभरर्सिस प्रालिमाथि लागेको प्रमाण मूलपत्रले थियो । गैरेले नक्कली प्रिन्ट र स्टिकरसहित अन्य काम गरेको माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी र माननीय न्यायाधीश श्री महेश शर्मा पौडेलले दोषीको फौसला समेत गरेका थिए । उक्त फौसलामा उनलाई दोषी देखाइएको छ । भने उनले नक्कली प्रिन्ट र स्टिकरसहित दुरुपयोग गरेको समेत प्रष्ट उल्लेख गरिएको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



