Close

Recent Posts

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

८० हजार लागत खर्चमै हुनेमा २ लाख ८० हजार कमिशन खुवाए

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै८० हजार लागत खर्चमै हुनेमा २ लाख ८० हजार कमिशन खुवाए
  • १६ असार २०८३, मंगलवार १२:३९

काठमाडौं– तेन्दुली इन्टरनेशल इम्पोलिम्यान्ट सर्भिस प्रालि (३०४.०५९.०६०, आइएमजि नेपाल प्रालि (१७७७) र रिलाइवल म्यानपावर रिक्रुटमेन्ट प्रालि ) १७२८.०८१.०८२)ले यूएईको स्पार्क सेक्युरिटी सर्भिस कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याएको पाइएको छ ।

mulpatra

यी तीनैवटै म्यानवापर इन्टरनेशल मार्केटिङ ग्रुप आइएमजि यूएईमा रहेको कम्पनीबाट ७ हजार दिराममा भिसा किनेर ल्याएको पाइएको छ । आइएमजीले भने टिकटमा विज्ञापन गरिरहेको छ ।

तीनै वटै म्यानपावर कम्पनीले आगामी जुलाई ३–४ मा सेक्युरिटी गार्ड छनोटका लागि अन्तरर्वार्ता लिदै छन् । स्पार्क सेक्युरिटी कम्पनीले सुरक्षा गार्डमा लिदा टिकटका सुविधाबाहेक ८० हजार लागत खर्च तोकेपनि ती म्यानपावरले २ लाख ८० हजार कमिशन दिएर भिसा किनेको कम्पनीमा कार्यरत एक जना कामदारले मूलपत्रलाई सूचना दिएका छन् ।

mulpatra mulpatra mulpatra

तीनै वटै म्यानपावरले २ लाख ८० हजार कम्पनीका एचआरलाई खुवाएर भिसा दलालमार्फत २ सयभन्दा बढी यूएई स्पार्क सेक्युरिटी कम्पनीमा सुरक्षा गार्डमा कामदार पठाउन अन्तरर्वार्ता अर्को साता लिदैछन् । यसरी ल्याएको डिमाण्डमा कामदार यूएई पठाउँदा कम्तिमा साढे ५ लाख उठाउने ती म्यानपावरले एजेन्ट समेत प्रयोग गरेको पाइयो ।

आइएमजी रिलाइवल, तेन्दुली म्यानपावरका सञ्चालकसँग यस विषयमा बुझन खोज्दा उनीहरुले फोन उठाएनन् । भने कर्मचारीले हामीलाई यस विषयमा जानकारी नभएको समेत बताउँदै फोन काटे ।

यूएईको स्पार्क सेक्युरिटी सर्भिस कम्पनीले नेपालबाट मात्र सुरक्षा गार्डमा लैजाने भएपनि केही भिसा दलालले पैसा खुलाएर डिमाण्ड किनबेच्च गर्दा त्यसको मारमा वैधानिक तयार अथवा इथिलक कामदार पठाउने आएको म्यानपावर समस्यामा पर्ने गरेको पनि यूएईकै कति कम्पनीमा कार्यरत कामदारले नै मूलपत्रमा इमेल गदै आएका छन् ।

Image Source: © https://mulpatra.com

वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका केही म्यानपावर कम्पनीले भिसा किनेर ल्याउँदा श्रमिकमाथि चर्को लागत खर्च लाग्ने गरेको छ । साउदी, कतार, मलेसिया र यूएईबाट दलालमार्फत भिसा किनेर ल्याएर कामदार पठाउँदा ५ लाखमाथि लागत खर्च पुग्ने गरेको इथिकल रुपमा काम गदै आएका म्यानपावरहरुको पनि गुनासो छ । हाल वैदेशिक रोजगारीमा ७० प्रतिशतभन्दा बढी म्यानपावरले भिसा किनेर ल्याएर चर्को लागत खर्च लिएर कामदार पठाउने गरेको पाइन्छ ।

भिसा खरिद गरेर कामदार पठाउने प्रवृत्तिमाथि प्रश्न, भिसा किनबेचमार्फत कामदार पठाउने अभ्यास बढ्दो चिन्ता, भिसा खरिद गरी कामदार पठाउने गतिविधिमाथि कडा निगरानीको माग, भिसा खरिद गरेर वैदेशिक रोजगारीमा कामदार पठाउने कार्य कानुनी र नैतिक बहस र भिसा किनेर कामदार पठाउने म्यानपावरमाथि नियमन र अनुगमन आवश्यक रहेको राम्रो काम गदै आएकै म्यानपावरको माग छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com