साँस्कृतिक प्रस्तुतिको लागि ईसारा हङकङ जाँदै

साँस्कृतिक प्रस्तुतिको लागि ईसारा हङकङ जाँदै
  • २७ चैत्र २०८१, बिहीबार १८:३०

काठमाडौं । गणेश ईसारा हास्य क्षेत्रमा पृथक पहिचान बनाई सकेका कलाकार हुन् । नाम गणेश इसारा, दीन दुखीको साहरा भने झै उनी कलाकारिताबाट आर्जेको आर्थिक रकम दीन दुखी, गरिब र विरामी अनि अशक्तको लागि खर्चर्दै आइरहेका छन् ।
अरुलाई सहयोग गर्नु कलाकार इसाराको विशेषता नै हो । उनको यही कारणले देश विदेशमा हुने साँस्कृतिक कार्यक्रमहरुमा भ्याई नभ्याई हुने गर्दछ । यसै सिलसिलामा २०२५ अप्रिल १९ तारिखका दिन हङकङमा आफ्नो पाँचौं साङ्गीतिक प्रस्तुतीको लागि त्यस तर्फ जाँदैछन् । बगैंचा एण्ड रेष्टुरेण्ट एण्ड बारको आयोजनामा हङकङ वासी नेपालीहरु बीच जोर्डनमा नयाँ वर्ष २०८२ को शुभकामना आदनप्रदान सहित कलाकार इसाराको भेटघाट तथा सांगितिक प्रस्तुती रहने छ ।
विशिष्ट समाज सेवी तथा सफल उद्यमी धिराजकुमार साम्पाङ राई प्रायोजक तथा आयोजकमा रहेका छन् भने कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि त्यहाँ रहेका समाजसेवी तथा सफल उद्यमी विक्रम राई, बालिका राई र अर्का समाजसेवी तथा सफल व्यवसयाी दिपेन्द्र इसारा राई र मिना राई, समाजसेवी तथा उद्यमी बिमल ज्ञावली सहित मिना रुम्बा सिताराम राईले प्रायोजन र व्यवस्थापन गर्ने भएको छ ।
कलाकार इसारालाई हङकङवासी नेपालीहरुले औधी रुचाउने भएका कारण बर्षमा ३,४ पटकसम्म उनी त्यहाँ पुगेर नेपालीहरु माझ आफ्ना मनोरञ्जनात्मक प्रस्तुती दिने गर्छन् । समसामयिक व्याङ्ग्यात्मक क्यारिकेचर मार्फत हँसाउने र रुवाउने गणेश इसारालाई उनको कलाको सम्मान गदैै देश विदेशमा रहेका नेपालीहरुले निमन्त्रणा गर्दछन् र समय मिलाएर सहभागि हुने गर्छन् । इसारा पछिल्लो समय उदय सुब्बा निर्देशित ‘दपर्ने’ नामक टेलिसिरियलमा नायकको भुमिकामा देखिदै आएका छन् ।