Close

Recent Posts

कांग्रेस महामन्त्री थापाले जस्तै २ वर्षअघि प्रसाईले पनि प्रधानमन्त्री बिचौलियाकै भरमा चलेको औंल्याए

कांग्रेस महामन्त्री थापाले जस्तै २ वर्षअघि प्रसाईले पनि प्रधानमन्त्री बिचौलियाकै भरमा चलेको औंल्याए
  • ३ बैशाख २०८२, बुधबार ११:२६

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या विचौलियाका कारणले आएको जिकिर गरे । विचौलियाहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताए ।

mulpatra

‘प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो । हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो । विचौलियाहरू म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ,’ उनले भने, ‘विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन ।’

पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भएपनि अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताए ।

mulpatra mulpatra mulpatra

‘पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की । गभर्नर यसले बनाउला की त्यसले बनाउला की ? भन्नेकुरा हुन्थ्यो । अब अहिले विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने, छलफल हुने अवस्था बन्ला की आउने भनेको हामी कहाँनेर पुग्यौँ ?,’ महामन्त्री थापाले भने ।
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले पनि दुई वर्षअघि नै प्रधानमन्त्री र बैकिङ क्षेत्र बिचौलियाका भरमा चलेको आरोप लगाएका थिए ।

प्रसाईले त्यति बेला आफनो महाअभियानमार्फत यस्तो कुरा बताएका थिए । उनले भनेजस्तै अहिले कांग्रेस महामन्त्री थापाले पनि सरकारमा बिचौलिया हावी भएको प्रष्ट आरोप लगाएका छन् । प्रसाईले केही सिमित व्यापारले सरकार चलाएको र उनीहरुकै भरमा प्रधानमन्त्री चलेको आरोप लगाएका थिए ।

हाल प्रसाई तीनकुनेको प्रदर्शनपछि प्रहरी हिरासातमा छन् । उनको बारेमा अहिले छानबिन भइरहेको छ । प्रसाईले प्रधानमन्त्री केपी ओली सरकार नै तस्करीमा भरमा चलेको बताएका थिए ।

Image Source: © https://mulpatra.com

चैत १५ मा तीनकुनेमा पूर्वराजा समर्थकहरूको प्रदर्शनमा प्रहरीले म्याद नाघेको अश्रुग्याँस हानेको थियो । अहिले यस विषयमा राज्य व्यवस्था समितिमा सांसदहरूले प्रश्न गरेपछि आईजीपी दीपक थापाले प्रतिवाद गर्दै भने, ‘म्याद सकिएको अश्रुग्याँस नष्ट गर्ने गरेका छौँ । हामीसँग मौज्दात रहेको र म्याद भएकै अश्रुग्याँस तीनकुनेमा प्रयोग गरेका हौँ ।’

आईजीपीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०८१ चैत २६ मा बल्खुको सभाबाट प्रश्न गरे, ‘अश्रुग्याँसको बोक्रामा लेखिएको मिति हामीले हेरेका छैनौँ ?’

म्याद सकिएको अश्रुग्याँस प्रहार गर्ने गरेको भनेर आलोचना खेप्दै आएको प्रहरीले २०७८ पछि अश्रुग्याँस किन्न पाएको छैन । आर्थिक वर्ष २०७७÷०७८ मा ४ हजार सेल अश्रुग्याँस खरिद गरिएको र त्यसपछि खरिद नगरिएको प्रहरीकै उच्च अधिकारीहरु बताउँछन् ।