Close

Recent Posts

युएईमा ४० हजारको जनसागरबीच ‘नेपाल फेष्टिभल’को उद्घाटन

युएईमा ४० हजारको जनसागरबीच ‘नेपाल फेष्टिभल’को उद्घाटन
  • ९ बैशाख २०८२, मंगलवार १०:५६

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईमा नेपाल फेष्टिभल २०२५ को उद्घाटन गरेका छन् ।

mulpatra

दुबईको क्रिक पार्कमा आइतबार फेष्टिभलको उद्घाटन गर्दै मन्त्री पौडेलले विदेशिन बाध्य श्रमिकको स्वास्थ्य समस्या चिन्ताको विषय भएको भन्दै यसको समाधानका लागि केही कार्यक्रम ल्याइने घोषणा गरे ।

‘तपाईंहरुको स्वास्थ्य तपाईं मात्र होइन हाम्रो पनि चिन्ताको विषय हो’, उनले भने, ‘देश फर्कंदा पनि स्वस्थ भएर फर्काउन कसरी सकिन्छ भन्नेमा हामी काम गरिरहेका छौं ।’ मन्त्री पौडेलले विदेशमै रहँदा पनि टेलिमेडिसिनमार्फत नागरिकले स्वास्थ्य लाभ लिन सक्ने गरी सरकारले व्यवस्था गरेको भन्दै विदेशिने क्रममा तिर्नुपर्ने महँगो स्वास्थ्य परीक्षण सरकारी अस्पतालमै सुपथ मुल्यमा गराउने गरी गृहकार्य भैरहेको बताए ।

mulpatra mulpatra mulpatra

‘स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपाल सरकारले उच्च प्राथमिकतासाथ काम गरिरहेको छ । युएईको भ्रमणका क्रममा पनि मैले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गर्न आग्रह गरेको छु,’ उनले थपे।

मन्त्री पौडेलले कार्यक्रममा नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएकाले मीत्रराष्ट्रका विदेशी नागरिकहरुलाई कम्तिमा पनि एक पटक अवश्य नेपाल भ्रमणको निमन्त्रणा दिन सबै नेपालीसँग आग्रह गरे ।

उनले नेपाल र युएईबीच द्विपक्षीय सहयोगका प्रचूर सम्भावनाका क्षेत्रहरु रहेको बताउँदै पर्यटन, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रहरुमा दुई देशबीच सहकार्य गरी अघि बढ्न सकिने बताए ।

Image Source: © https://mulpatra.com

नेपाली राजदूतावास अबुधाबीको समन्वयमा गैरआवासीय नेपाली संघ, यूएई, नेपाली समाज युएई, लगायत युएईमा रहेका सामाजिक संघसंस्थाहरुको संयुक्त पहलमा पहिलो पटक यस्तो कार्यक्रम भएको नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिए ।

राजदूत क्षेत्रीले ‘नेपाल फेस्टिभल–२०२५’ मा नेपालको सांस्कृतिक विविधताको प्रदर्शनले नेपालको विविध संस्कृति, कला, भेषभुषा, खानपान, रहनसहन नेपालको पहिचान भएको बताए ।

उनले यस प्रकारका कार्यक्रमले नेपाल र युएईको सम्बन्धलाई अझ प्रगाढ एवम् घनिष्ट बनाउदै सांस्कृतिक कूटनीतिका माध्यमबाट दुई देशका जनताबीच जोड्ने सेतुको रुपमा कार्य गरेको पनि दाबी गरे । यसबाट नेपालको पर्यटन, लगानी तथा व्यापार अभिवृद्धि गर्न थप योगदान पुग्ने उनको तर्क थियो ।