सुनको सिक्री नपाएपछि बेहुली छाडेर हिँड्ने बेहुलासहित ५ जनालाई कैद सजाय

काठमाडौं– दाइजोमा सुनको सिक्री नपाएको भन्दै विवाह मण्डपबाटै हिँड्ने बेहुलासहित पाँच जनालाई पर्सा जिल्ला अदालतले कैद जरिबानासहितको फैसला गरेको छ ।
पर्सा जिल्ला अदालतले बाराको कलैया उपमहानगरपालिका– ४ सिनेमा चोक निवासी उमेश साह र उनका बुवा बच्चालाल साहलाई दाइजोमा लिएको नगद रकम पनि फिर्ता गर्न आदेश दिएको छ ।
२०८० फागुन २८ गते वीरगन्ज महानगरपालिका–२४ रमगढवामा बेहुलीको घरआँगनमा वैवाहिक समारोह चलिरहँदा दाइजोमो सुनको सिक्री नभएको भन्दै उमेश साह मण्डप छाडेर हिँडेका थिए ।
त्यतिबेला विवादको क्रममा बेहुला र बेहुली पक्षबीच कुटाकुटसमेत भएको थियो। घटना लगत्तै पक्राउ परेका बेहुला, उनका बुवा, दुईजना दाजु र भिनाजुलाई प्रहरीले कैदसहित जरिवाना हुने फैसला गरेको हो ।
बेहुला उमेश, उनका बुवा ६० वर्षीय बच्चालाल, दाजुहरू राकेशकुमार साह, मुकेशकुमार साह र बेहुलाका भिनाजु बाराकै परवानीपुर गाउँपालिका–५ निवासी रामएकबाल साहलाई अदालतले कैदसहित जरिवानाको फैसला गरेको हो ।
गएको मंगलबार पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले बेहुलासहित पाँचै जनालाई विवाहसम्बन्धी कसुरमा जनही पाँच÷पाँच हजार रुपैयाँ जरिबाना र छ÷छ महिना कैद सजाय हुने फैसला सुनाएको हो ।
बेहुला पक्षले दाइजोमा लिएको नगद पाँच लाख ६५ हजार रुपियाँ फिर्ता दिन पनि अदालतले भनेको छ ।