Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

आइएमजि, रिलाइवल–तेन्दुली म्यानपावरले यूएई स्पार्क सेक्युरिटी कम्पनीबाट ७ हजार दिराममा डिमाण्ड किनेर ल्याई जुलाई ३–४ मा अन्तरवार्ता गराउँदै

माइतीघरमा माटो बोकेर सुस्ताबासीको धर्ना

माइतीघरमा माटो बोकेर सुस्ताबासीको धर्ना
  • १६ असार २०८३, मंगलवार १५:३५

काठमाडौं– भारतीय सीमावर्ति क्षेत्र सुस्ताका बासिन्दाले नागरिकता र भूमि अधिकारको माग गर्दै माइतीघरमा धर्ना दिएका छन् । सुस्ताको माटो बोकेर सरकारलाई घचघच्याउन आएका उनीहरूले भारतीय पक्षबाट आफूहरू थप पेलिन थालेको गुनासो गरेका छन् ।

mulpatra

भारतीय अतिक्रमण रोक्न कुटनीतिक पहल र सीमा सुरक्षा मजबुत गरिनुपर्ने, सुस्ताबासीलाई तत्काल नेपाली नागरिकता दिनुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा दिइनुपर्ने उनीहरूको प्रमुख माग छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको सीमाबारे संसदमा विवादास्पद भनाइपछि भारतीय सुरक्षाकर्मीबाट थप प्रताडित हुनुपरेको प्रदर्शनकारीले बताएका छन् । ‘सुस्ता बचाउ अभियान’ को आव्हानमा सुस्ताबासीले धर्नासहितको आन्दोलन थालेका हुन् ।

mulpatra mulpatra mulpatra

आफ्ना पीडा बताउन पटक–पटक प्रधानमन्त्रीको सचिवालयमा अनुरोध गरे पनि समय नदिइएको उनीहरूको गुनासो छ ।