तीनकुने घटना: भाटभटेनी लुट्ने कांग्रेस सहमहामन्त्रीकै छोरा संलग्न, गृहमन्त्रीले तुरुन्तै छुटाएर प्रसाईमा दोष थुपारे
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको घटनामा सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्रीकै छोरा पनि पक्राउ परेको दाबी गरेका छन् ।

उनले शुक्रबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा सहमहामन्त्रीका छोरा पक्राउ परेको र प्रहरीले तुरुन्तै छाडिदिएको दाबी गरे । ‘हामीसँग रेकर्ड छ, गृहमन्त्रीज्यू । भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन्,’ उनले भने, ‘किन छाड्नुभयो तुरुन्तै ? । आफूसँग सो विषयको रेकर्ड समेत छ ।’ उनले भने ।
सहमहामन्त्रीका छोरासँगै गएका अर्का व्यक्तिले भाटभटेनीबाट कपडा लिएर गएको पनि उनले बताएका छन् । ती कपडा लिएर जाने व्यक्तिले कुरा खोलिदिने भनेर धम्क्याएपछि उनलाई पनि दुई घण्टामा नै प्रहरीले छाडेको लिङ्देनेको दाबी छ । पक्राउ परेका सहमहामन्त्रीका छोराको नाम भने उनले खुलाएनन् ।
‘तपाईंको नेताको छोराले रक्सी लिएर गयो । उसले ल्याएको मान्छेले म रक्सी खान्न मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो,’ उनले भने, ‘पछि थाहा भयो, तपाईंको प्रहरीले भिडियोमा हेरे पक्रियो । तर, नेताको छोरा रहेछ । नेताको छोरालाई छाड्नुभयो । ल्याएको मान्छे छुटेन । पछि यो कुरा सार्वजनिक गर्दिन्छु भनेर धम्क्याएपछि दुई घण्टामा छाडिदिनुभयो ।’
![]() |
![]() |
![]() |
|---|
लिङ्देनले गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्दै भने, ’भाटभटेनीको लुटपाटमा सत्तारुढको तपाईंकै पार्टीको सहमहमन्त्रीको छोरो रहेछ। किन छोड्नु भयो तुरुन्तै?’ उनले कांग्रेस नेताको छोराले रक्सी बोकेको र उनीसँग आएका साथीले कपडा लिएर गएको समेत दाबी गरे ।
तर सरकारले तीनकुने घटनाको सबै दोष र मुख्य आरोप नागारिक बचाउ महाअयिानका संयोजक दुर्गा प्रसाईमाथि लगाएको छ । तीनकुने घटनामा कांग्रेस, एमाले र माओवादीकै कार्यकर्ताले ठुलो लुटपाट र हिंसा मच्याएको प्रहरीको अनुसन्धानबाट पनि खुलेको छ ।



