Close

Recent Posts

शिक्षक महासंघले काठमाडौँमा आन्दोलन थप चर्काउने

शिक्षक महासंघले काठमाडौँमा आन्दोलन थप चर्काउने
  • १५ बैशाख २०८२, सोमबार ०८:१६

काठमाडौँ । सरकारले विद्यालय शिक्षा ऐनमा प्रगतिशील व्यवस्था नगरी शिक्षक आन्दोलनको आवाज दबाउन खोजेको भन्दै नेपाल शिक्षक महासंघले काठमाडौँमा आन्दोलन थप चर्काउने घोषणा गरेको छ।

mulpatra

आइतबार बानेश्वरमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप र भिजिलान्ते समूहद्वारा ढुंगामुढा गरिएपछि अवस्था तनावग्रस्त बनेको थियो। महासंघले आरोप लगाएको छ कि प्रहरी र केही समूहको मिलेमतोमा शिक्षक-कर्मचारीमाथि पानीको फोहरा र निर्मम लाठी प्रहार गरिएको हो। घटनामा ६२ जना शिक्षक र केही सञ्चारकर्मी घाइते भएका छन्, जसमा करिब एक दर्जनको अवस्था गम्भीर रहेको छ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेका छन्। साथै, सुवेदीले शिक्षक–कर्मचारीमाथिको दमनको कडा शब्दमा निन्दा गर्दै सबै पेसागत संस्था, शिक्षा सरोकारवाला र आम नेपालीलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्।

mulpatra mulpatra mulpatra

महासंघले शिक्षा क्षेत्र सुधार र शिक्षक–कर्मचारीको पेशागत अधिकारका लागि माघ २० गतेदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएको जनाएको छ। आइतबारको घटनाले सरकारको अलोकतान्त्रिक र शिक्षा विरोधी चरित्र झन् स्पष्ट भएको महासंघको ठहर छ।

शिक्षक महासंघले अब देशभरका शिक्षक-कर्मचारीहरूलाई काठमाडौँ आइ प्रतिकार आन्दोलनमा थप सक्रिय सहभागी हुन आग्रह गरेको छ।

Image Source: © https://mulpatra.com