Close

Recent Posts

भट्टलाई गभर्नर बनाउन सरकार सक्रिय, राजीनामा स्वीकृत गर्न अर्थमन्त्रीको निर्देशन

भट्टलाई गभर्नर बनाउन सरकार सक्रिय, राजीनामा स्वीकृत गर्न अर्थमन्त्रीको निर्देशन
  • १५ बैशाख २०८२, सोमबार ११:१८

काठमाडौं– गत चैत २४ गते १७औं गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपनि सरकारले अझै १८औं गभर्नर नियुक्ति गर्न सकेको छैन ।

mulpatra

राजनीतिक भागवण्डाका कारण गभर्नर नियुक्त हुन नसकेको हो । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच डा.गुणाकर भट्टलाई गभर्नर बनाउने सहमती भएपनि योग्यता नपुगेको दावीसहित सर्वोच्च अदालतमा दायर पूरक रिट निवेदनसहितको पेशी परेको छ ।

उक्त पेशी पाँचौ पटक पनि हेर्न नभ्याइनेमा राखिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको आजको इजलासमा उक्त मुद्दा १३ औं नम्बरमा चढेको थियो । यो पेशी पाँचौं पटक हो । यता भट्टको राजीनामा स्वीकृत हुन सकेको छैन ।

mulpatra mulpatra mulpatra

राजीनामा स्वीकृत गर्न अर्थमन्त्रीको निर्देशन

डा. भट्टले दिएको राजीनामा स्वीकृत गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामु गभर्नर निलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा बोलाएर ढुंगानालाई उपप्रधानमन्त्री पौडेलले यस्तो निर्देशन दिएको बताइएको छ । सत्ता साझेदार कांग्रेस र एमालेबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई नयाँ गभर्नर नियुक्त गर्न समझदारी भएको सार्वजनिक भएको थियो ।

त्यसपछि राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट भट्टले राजीनामा दिएकोमा त्यो स्वीकृत भएको छैन । कामु गभर्नर ढुंगाना आफैँ गभर्नरको प्रतिस्पर्धी भएकाले उनले राजीनामा स्वीकृत नगरेको आशंका गरिएको छ । तर, उपप्रधानमन्त्री पौडेलले राजीनामा स्वीकृत गर्न निर्देशन दिएपछि सम्भवतः उनले त्यसको पालना गर्ने मन्त्रालयले जनाएको छ ।

Image Source: © https://mulpatra.com

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार साँझ भेट भएको थियो । सो भेटमा उपप्रधानमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । सो भेटमा भएको सहमतिअनुसार उपप्रधानमन्त्री पौडेलले सो निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ ।