Close

Recent Posts

केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु : बढ्दो असुरक्षा र प्रश्नहरू

केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु : बढ्दो असुरक्षा र प्रश्नहरू
  • १९ बैशाख २०८२, शुक्रबार ०७:४२

काठमाडौं । भारतको ओडिशा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा हिजो फेरी नेपाली विद्यार्थीै प्रिशा शाह मृत फेला परेकी छिन । तीन महिनाको अन्तरालमा काठमाडौंकी प्रकृति लम्साल र प्रिशा शाहको कलेज परिसरमा मृत्यु हुन नेपाली विद्यार्थीका लागि असुरक्षा रहेको देखाएको छ । यसले उक्त कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरूका लागि अवस्था दिनप्रतिदिन असुरक्षित बन्दै गएको देखिन्छ। प्रिशा शाह, कम्प्युटर विज्ञानकी प्रथम वर्षकी छात्रा, विश्वविद्यालय परिसरको होस्टेल कोठा नं. १११ मा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

mulpatra

यसअघि गत फागुन ४ गते नेपाली विद्यार्थी प्रकृति लम्साल समेत त्यहीँको होस्टेलमा मृत भेटिएकी थिइन्। उनको मृत्युलाई यौन उत्पीडन र ब्ल्याकमेलसँग जोडिएको बताइएको थियो।

कलेज प्रशासनले होस्टलको नियमित जाँचमा धेरैबेर सम्म ढोका नखोलेको र ढोका जवरजस्ती खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ । घटनाको जानकारी पाएपछि विश्वविद्यालय प्रशासनले प्रहरीलाई खबर गरेको थियो।

mulpatra mulpatra mulpatra

प्रहरीको भनाइ अनुसार, प्रारम्भिक अनुसन्धानमा शव नजिक कुनै आत्महत्या नोट फेला परेको छैन। घटनास्थलमा फरेन्सिक टोली पुगेर प्रमाण संकलन गरिरहेको छ। घटनालाई अस्वाभाविक मृत्यु को रूपमा दर्ता गरिएको छ, र हालसम्म औपचारिक उजुरी प्राप्त नभएको प्रहरीले जनाएको छ।

भारतीय प्रहरी र विश्वविद्यालय प्रशासनले मृतकका अभिभावकलाई तुरुन्तै घटनाबारे जानकारी गराएको छ। भारतस्थित नेपाली राजदूतावासलाई पनि औपचारिक जानकारी दिइएको छ।
ओडिशा राज्य सरकार र प्रहरी प्रशासनले घटनामा गम्भीर अनुसन्धान हुने प्रतिबद्धता जनाएका छन्। राज्यले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै दोषी देखिएमा कडा कारबाही गरिने आश्वासन दिएको छ।

तीन महिनाको अन्तरालमै दुई नेपाली छात्राको मृत्यु भएको घटनाले केआईआईटी विश्वविद्यालयको सुरक्षा, विद्यार्थीको मानसिक अवस्था, यौन उत्पीडनजस्ता गम्भीर मुद्दाहरूबारे प्रश्न खडा गराएको छ।

Image Source: © https://mulpatra.com

यस घटना पछि विद्यार्थी र अभिभावक समुदायले विश्वविद्यालय प्रशासन तथा भारतीय प्रहरीले गम्भीर अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। यस्ता घटना दोहोरिन नदिन तत्काल सुरक्षात्मक उपायहरू लागू गर्न दबाब परेको छ।