किट कलेजमा नेपाली छात्रा मृत भेटिएको बारे अनुसन्धान गरिरहेका छौँः ओडिसा सरकार
काठमाडौं– भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी– किट) कलेजको छात्रावासमा नेपाली छात्रा प्रिसा साह मृत भेटिएको घटनाबारे त्यहाँको राज्य सरकारले अनुसन्धान थालेको छ ।

ओडिसा सरकारको आई एन्ड पीआर विभागका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिस्नरलगायतका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेका छन्। प्रमाण संकलनका लागि फोरेन्सिक टोली पनि घटनास्थलमा छ ।
ओडिसा सरकारको उक्त विभागले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार केआईआईटी विश्वविद्यालयको कम्प्युटर विज्ञानमा बी.टेक प्रथम वर्षमा अध्ययनरत नेपालली छात्रा साह होस्टेलको आफ्नै कोठामा मृत भेटिएको खबर स्थानीय प्रहरीले बिहीबार राति ८.१० बजे दिएको थियो ।
![]() |
![]() |
![]() |
|---|
विश्विविद्यालयका अधिकारीले घटनाबारे मृतकका आमाबुवालाई तत्काल जानकारी दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



