तीनकुने घटनामा संलग्नसहित न्याय विद्यार्थीले प्रहरी हिरासतबाटै परिक्षा दिदै

तीनकुने घटनामा संलग्नसहित न्याय विद्यार्थीले प्रहरी हिरासतबाटै परिक्षा दिदै
  • २१ बैशाख २०८२, आईतवार १३:३७

काठमाडौं– चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेकाले पनि कक्षा १२ को परीक्षा दिइरहेका छन् । कक्षा १२ को परीक्षा आजदेखि सुरू भएको हो ।

mulpatra

चैत १५ गतेको घटनामा अपराधिक उपद्रोव गर्न नहुने कसुरमा पक्राउ परेका सिराहाका १९ वर्षीय दिनेश महतो, अभद्र व्यवहारमा पक्राउ परेका नुवाकोट बिदुर नगरपालिका–२ घर भई काठमाडौं बसुन्धरा बस्ने १९ वर्षीय सिमन घले, अभद्र कसुरमा पक्राउ परेका भरत घर भई हाल काठमाडौं बस्ने अमन साकिनले परीक्षा दिइरहेका छन् ।

त्यस्तै अभद्र व्यवहार कसुरमा पक्राउ परेका धादिङ नीलकण्ठ नगरपालिका–१३ का सरोज थापा, सवारी ज्यान कसुरमा पक्राउ परेका स्याङजाका सौगातकुमार विक र चोरी कसुरमा पक्राउ परेका सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका–१ का दावा शेर्पाले परिक्षा दिइरहेको एसपी अपिल बोहराले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

परिसरको नियन्त्रणमा रहेका ८ जनाले १२ को परीक्षा दिनुपर्ने थियो । त्यसमध्ये जबरजस्ती करणीमा पक्राउ परेका सर्लाहीका अभयराज सिंह र ज्यान मार्ने उद्योगमा पक्राउ परेका कैलाली गोदावरी नगरपालिका–१० का राजकुमार खडायतले भने परीक्षामा सहभागी नहुने बताएको प्रहरीले जनाएको छ ।

तीनकुने घटनामा पक्राउ परेकाले परीक्षा दिन पाएनन् भन्ने चासो देखिएकोप्रति लक्ष्य गर्दै प्रहरीले तीनकुने घटनामा पक्राउ परेका एक जनाले परीक्षा दिइरहेको बताएको छ । तीनकुने घटनामा संलग्न रहेको आरोप लागेका एक जनासहित ६ जनाले कक्षा १२ को परीक्षा दिन थालेको प्रहरीको भनाइ छ ।

जिल्ला शिक्षा समन्वयसँग सहकार्य गरेर थुनुवाहरूलाई परीक्षा दिन लगाइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । ‘हाम्रै खर्चमा उनीहरूलाई पञ्जकन्या स्कुलमा परीक्षा सेन्टर तोकेर परीक्षा दिन लगाइएको छ। काठमाडौं जिल्लाभित्र पक्राउ परेका कसैलाई १२ को परिक्षादिनबाट बञ्जित गराइएको छैन,’ उनले भने।

Image Source: © https://mulpatra.com

प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई सोधपुछ गरेरै परीक्षामा सहभागी गराइएको उनले बताए ।