बजार बढ्न लगानीकर्ताको आत्मविश्वास कुरिरहेको नेप्से

बजार बढ्न लगानीकर्ताको आत्मविश्वास कुरिरहेको नेप्से
  • १ जेष्ठ २०८२, बुधबार ०७:३९

काठमाडौं: लगानीकर्ताले नेप्से सूचकमा सकारात्मक लयको अपेक्षा राखिरहे पनि पछिल्ला केही दिनमा सूचकमा गिरावट आउनु चिन्ताको विषय बनेको छ। मंगलबार नेप्से परिसूचक १४.८७ अंकले घट्दै २,६३४.२३ विन्दुमा झरेको छ। सूचक ०.५६ प्रतिशतले ओरालो लाग्दा पनि कुल कारोबार भने नौ अर्ब ६३ करोड रुपैयाँ नाघेको छ।

mulpatra

विश्लेषकहरूका अनुसार सूचक नबढ्नुका पछाडि केही प्रमुख कारणहरू छन् त्यसमध्ये लगानीकर्ताको मनोविज्ञानमा अनिश्चितता प्रमुख कारण हो हालको आर्थिक एवं राजनीतिक अवस्था स्पष्ट नहुँदा धेरै लगानीकर्ता ‘वेट एण्ड वाच’ स्थितिमा देखिएका छन्। बजारमा उत्साहपूर्ण प्रवेश नभएका कारण सूचकमा वृद्धि आउन सकेको छैन।

बैंक तथा वित्तीय संस्थाको दबाब: बैंक तथा वित्त समूह सूचकमा महत्त्वपूर्ण प्रभाव पार्ने क्षेत्र हो। तर पछिल्ला दिनमा बैंकिङ्ग तथा माइक्रोफाइनान्स समूहमा दबाब देखिएको छ। यसले समग्र सूचकलाई तानिएको छ।

mulpatra mulpatra mulpatra

नाफा सुरक्षित गर्ने प्रवृत्ति:पछिल्ला केही सातामा भएका लाभांश घोषणापछि धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्न सेयर बिक्री गर्न थालेका छन्। यसले पनि मूल्य घट्न र सूचक दबाबमा पर्न भूमिका खेलेको हो।

विदेशी लगानीको अभाव:नेपालको पूँजी बजारमा विदेशी लगानी न्यून रहेको र पछिल्ला समय कुनै पनि ठूला सकारात्मक समाचार नआएकाले बजार बढ्ने ऊर्जा सिर्जना हुन सकेको छैन।

यद्यपि, मंगलबार क्रेष्ट इनर्जी र ओम मेगा इनर्जी जस्ता कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ भने जोशी हाइड्रोपावर, उन्नति लघुवित्त, र लुम्बिनी विकास बैंकको सेयर मूल्यमा समेत उल्लेख्य वृद्धि देखिएको छ। टर्नओभरका हिसाबले युनिभर्सल पावर अग्रस्थानमा देखियो जसको कारोबार मात्रै ६ करोड ७२ लाख रुपैयाँभन्दा बढी रह्यो।

Image Source: © https://mulpatra.com

यसबाट प्रष्ट हुन्छ, बजारमा केही कम्पनीले राम्रो प्रदर्शन गरे पनि समग्र सूचकलाई उकास्ने व्यापक आत्मविश्वास अझै देखिएको छैन। आर्थिक नीतिमा स्पष्टता, नियामक नीतिको स्थिरता, र लगानीमैत्री वातावरणको खाँचो अहिलेको बजार अवस्थाको प्रमुख चुनौती बनेको विश्लेषकहरूको भनाइ छ।