Close

Recent Posts

सुनको मूल्यमा भारि गिरावट

सुनको मूल्यमा भारि गिरावट
  • २ जेष्ठ २०८२, बिहीबार १०:५८

काठमाडौं– बिहिबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । हिजो (बुधबार) तोलामा ५ सय रूपैयाँले बढेको सूनको मूल्य आज एकैतिन प्रतितोला ३ हजार ५०० रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो ।