विदेशीबाट फोन गरी लोडसेडिङ भयो भन्दै गाली आएको ऊर्जा मन्त्री खड्को गुनासो

विदेशीबाट फोन गरी लोडसेडिङ भयो भन्दै गाली आएको ऊर्जा मन्त्री खड्को गुनासो
  • ८ जेष्ठ २०८२, बुधबार १२:४०

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन् ।

mulpatra

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले भ्रम फैल्याउनेहरुले राति १२ बजे समेत बत्ती गयो भन्दै आफूलाई फोन गर्ने गरेको बताए ।

‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक पटक आएका छन्,’ खड्काले भने, ‘अनि हामी कहाँ बत्ती गयो भन्छन् । यसरी भ्रम फैल्याउने काम भएको छ । पटक पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने । त्यहाँ बुझ्दा सबैतिर छ । यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ ।’

mulpatra mulpatra mulpatra

खड्काले कम उत्पादन भएको समयमा पनि आयात गरेर आवश्यक बिजुली उपलब्ध गराएको उल्लेख गरे। ‘यस्ता दुष्प्रचार गरिएका विषयमा नलागिकन यथार्थमा रहन आग्रह गर्दछु,’ उनले भने, ‘अवरुद्ध भएको खण्डमा यस कारण अवरुद्ध भयो भन्ने गरेका छौँ। उत्पादनका कमीले लोडसेडिङ भएको छैन, कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराएका छौँ।’