Close

Recent Posts

अमेरिकाले विदेशी विद्यार्थीको भिसा रोक्यो, ‘अपोइन्टमेन्ट’ स्थगित निगरानी गर्दै

अमेरिकाले विदेशी विद्यार्थीको भिसा रोक्यो, ‘अपोइन्टमेन्ट’ स्थगित निगरानी गर्दै
  • १५ जेष्ठ २०८२, बुधबार १४:३२

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले विदेशस्थित उसका राजदूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताका निम्ति समय दिने कार्य (अपोइन्टमेन्ट) रोक्न आदेश दिएको छ।

mulpatra

उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थाल्दै गर्दा उक्त आदेश दिइएको हो। कूटनीतिक निकायहरूलाई जारी गरिएको सूचनामा विदेशमन्त्री मार्को रुबियोले ‘थप निर्देशन नआएसम्मका लागि’ ती कार्य स्थगन हुने भनेका छन्।

उनको सन्देशमा विद्यार्थी तथा फरेन एक्सचेन्ज अन्तर्गतका भिसा आवेदकहरूको सामाजिक सञ्जालको निगरानी वा परीक्षण गहन बनाइने बताइएको छ। यसले विदेशस्थित अमेरिकी राजदूतावास तथा महावाणिज्य दूतावासहरूका लागि ‘महत्त्वपूर्ण प्रभाव’ पर्ने ठानिएको छ।

mulpatra mulpatra mulpatra

ट्रम्प प्रशासनको प्रतिष्ठित कलेजहरूसँगको तनावका माझ पछिल्लो निर्णय आएको छ। कतिपय त्यस्ता कलेजहरूले यहुदी विरोधी भावनालाई क्याम्पसमा प्रश्रय दिएको अनि कतिपयले ‘भेदभावपूर्ण भर्ना नीति’ अँगालेको ट्रम्पले भन्दै आएका छन्।

बीबीसीको अमेरिकी साझेदार सीबीसी न्यूजले देखेको विदेशमन्त्रालयले मङ्गलवार जारी गरेको ‘मेमो’मा अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाका निम्ति आवेदकको अन्तर्वार्ता अब तय नगर्न भनिएको छ। तय भइसकेको अन्तर्वार्ताको हकमा चाहिँ त्यसलाई कायम राख्न सकिने भनिएको छ।

त्यसमा विदेशमन्त्रालयले सबै विद्यार्थी भिसा आवेदनका निम्ति लागु हुने गरी ‘सामाजिक सञ्जालको निगरानी तथा परीक्षणको विस्तार’को तयारी भइरहेको जनाइएको छ। अमेरिकामा पढ्न चाहने विदेशी विद्यार्थीहरूले भिसा स्वीकृतिको अगाडि सामान्यतया उनीहरूको देशमा रहेका अमेरिकी दूतावासमा अन्तर्वार्ता तय गर्नु पर्छ।

Image Source: © https://mulpatra.com

कैयन् अमेरिकी शैक्षिक संस्थाहरू तिनको आम्दानीको उल्लेखनीय हिस्साका निम्ति विदेशी विद्यार्थीमा निर्भर हुन्छन् किनकी तिनले प्रायः बढ्ता शुल्क तिर्छन्। विद्यार्थी भिसाबारे मङ्गलवार सोधिएको प्रश्नको जबाफ दिँदै विदेशमन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले भने, ‘हामी देशभित्र कस्ता मानिस आइरहेका छन् भनेर निक्र्योल गर्ने परीक्षणको प्रक्रियालाई निकै गम्भीरतापूर्वक लिन्छौँ र लिइरहने छौँ।’