Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

२० खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउदै अर्थ मन्त्री

  • १६ जेष्ठ २०८२, बिहीबार ११:१८

काठमाडौं– सरकारले आज (बिहीबार) आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट ल्याउने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो ३ बजे बजेट पेस गर्न लागेका हुन् ।

mulpatra

आगामी आर्थिक वर्षमा अर्थमन्त्री पौडेलले २० खर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउने अनुमान गरिएको छ । बिहीबार दिउँसो साढे १ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष ०८२÷०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय योजना आयोगको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि १९ खर्ब रुपैयाँ बजेट सीमा निर्धारण गरेर अर्थ मन्त्रालयलाई दिएको छ । आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रमा प्रस्थान विन्दु निर्धारण गरेर दोस्रो चरणको आर्थिक सुधारका योजना ल्याउने अनुमान गरिएको छ ।

mulpatra mulpatra mulpatra

पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठन भएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको धेरै सुझावलाई बजेटमा समावेश गरिएको बताइएको छ । यस्तै, सरकारले आयोगको सुझाव कार्यान्वयनका लागि कार्ययोजना समेत स्वीकृत गरेको छ ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र चलायमान बनाएर ठूलो संख्यामा रोजगारी सिर्जना गर्न पोलिसी डिपार्चर गर्ने संकेत गरेका छन् ।