Close

Recent Posts

इरानसँग युद्धविरामदेखि अमेरिकाले ३०० अर्ब डलर पुनर्निर्माण योजनासम्म खर्चिने

इरानसँग युद्धविरामदेखि अमेरिकाले ३०० अर्ब डलर पुनर्निर्माण योजनासम्म खर्चिने
  • १ असार २०८३, सोमबार १९:११

काठमाडौं– इरानको सरकारी सञ्चार माध्यमले अमेरिका र इरानबीच घोषित सम्झौता (एमओयू) १४ बुँदामा हुने दाबी गरेको छ । तथाफि सम्झौताका बुँदाबारे कुनै पनि मुलुकले आधिकारिक पुष्टि भने गरेका छैनन् ।

mulpatra

इरानको अर्ध सरकारी समाचार एजेन्सी ‘मेहर न्युज’ का अनुसार प्रस्तावित बुँदामा लेबनानसहित सबै मोर्चाहरूमा स्थायी युद्धविरामको विषय उल्लेख छ । यसका साथै अमेरिकाका तर्फबाट इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता पनि सम्झौतामा समावेश गरिएको छ ।

यस्तै ३० दिन भित्र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने, इरानी क्षेत्रबाट अमेरिकी सैनिक फिर्ता, ‘इरानी व्यवस्था’ अनुसार ३० दिन भित्र स्ट्रेट अफ होर्मुज फेरि खुला गर्ने बुँदाहरू पनि सम्झौतामा उल्लेख छन् ।

mulpatra mulpatra mulpatra

अमेरिका र उसका सहयोगीहरूका तर्फबाट इरानको पुनर्निर्माणका लागि कम्तीमा पनि तीन सय अर्ब डलरको योजना, इरानी तेल र ऊजा उत्पादनमा लगाइएको प्रतिबन्ध फुकुवा, परमाणु हतियार नबनाउन इरानले आफ्नो प्रतिबद्धता दोहो¥याउने विषय पनि सम्झौतामा रहेको ‘मेहर न्युज’ ले जनाएको छ ।

यस्तै अमेरिकाका तर्फबाट क्षेत्रमा आफ्नो सैन्य उपस्थिति नबढाइने र नयाँ प्रतिबन्ध नलगाउने प्रतिबद्धता पनि १४ बुँदे सम्झौतामा रहेको बीबीसीमा प्रकशित समाचारमा उल्लेख छ ।

‘इरानको ‘फ्रिज’ (रोक्का) गरिएको सम्पत्तिको आधा हिस्सा ‘रिलिज’ (फुकुवा), ‘इरानी तेलमा लगाइएको प्रतिबन्ध निलम्बन र नौसैनिक नाकाबन्दी नहटाउँदासम्म अन्तिम वार्ता सुरू हुने छैन,’ मेहर न्युज एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले समाचारमा लेखेको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com