श्रम मन्त्रालयलाई ४ अर्ब २८ करोड बजेट, रोजगार पोर्टल सञ्चालन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ४ अर्ब २८ करोड बजेट पाएको छ । यस्तै सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ ।
सरकारले रोजगारी र कामदारर खोज्न सहज हुने गरी रोजगार पोर्टल सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गदै यस्तो बताएका हुन् । उनले आगामी आवमा सबै प्रदेशमा रोजगार मेला आयोजनाको समेत घोषणा गरे ।
थप मुलुकसँग द्धिपक्षीय श्रम सम्झौता गरिने उनले बताए । वैदेशिक रोजगारीमा जाने महिलाको कार्यस्थलमा हुने सुरक्षा सुनिश्चतता हुने गरी थप सम्झौता गरिने उनले बताए । बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यसबारे घोषणा गरेका हुन् ।