Close

Recent Posts

आर्थिक व्यस्थापनका लागि तरलता खिचेको खिच्यै

आर्थिक व्यस्थापनका लागि तरलता खिचेको खिच्यै
  • ६ जेष्ठ २०८३, बुधबार २०:५९

काठमाडौं– नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट ठूलो परिमाणमा तरलता (लगानीयोग्य रकम) खिचिरहेको छ। बैंकहरूमा कर्जा प्रवाह सुस्त भएपछि प्रणालीमा पैसा थुप्रिएको अवस्थालाई नियन्त्रण गर्न राष्ट्र बैंकले “निक्षेप संकलन उपकरण” प्रयोग गरेर रकम प्रशोचन गरिरहेको हो।

mulpatra

पछिल्लो विवरण अनुसार वैशाख १७ गते राष्ट्र बैंकले एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ बजारबाट खिचेको थियो । त्यसपछि लगातार सातामा दुइपटक ३० अर्बको रेसीयोमा खिचिएको छ ।

जेठ महिनामा मात्रै केन्द्रीय बैंकले २ पटक यस्तो रकम खिचेको छ । केन्द्रीय बैंकले बुधबार फेरि ३० अर्ब तरलता तान्दै छ ।
कर्जा प्रवाह हुन नसक्दा लगानीयोग्य रकम थुप्रिनेक्रम जारी छ । अहिले बैंकिङ प्रणालीमा तरलता अत्यधिक छ तर कर्जा माग कमजोर छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकिङ प्रणालीको सिडी रेसीयो करिब ७३ प्रतिशतमा झरेको छ, जसले बैंकहरूसँग लगानीयोग्य रकम धेरै रहेको संकेत गर्छ।

mulpatra mulpatra mulpatra

नेपालको बैंकिङ प्रणाली अहिले “अधिक तरलता” को अवस्थाबाट गुज्रिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढिरहेको भए पनि कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न सकेको छैन।

परिणामस्वरूप बैंकहरूसँग ठूलो परिमाणमा लगानीयोग्य रकम थुप्रिएको छ। यही अवस्थालाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट लगातार रकम खिच्ने नीति अपनाएको छ।

अर्थतन्त्रमा यस्तो अवस्था किन आयो भन्ने प्रश्न अहिले महत्वपूर्ण बनेको छ। मुख्य कारण कर्जा मागमा आएको कमी हो। उद्योग–व्यवसाय सुस्त हुँदा नयाँ लगानी विस्तार हुन सकेको छैन।

Image Source: © https://mulpatra.com

निर्माण क्षेत्र, रियल स्टेट, व्यापार तथा उत्पादन क्षेत्रमा अपेक्षित गतिविधि नहुँदा बैंकबाट ऋण लिन चाहने ग्राहक घटेका छन्। अर्कोतर्फ रेमिट्यान्स आप्रवाह भने उच्च छ । विदेशबाट आएको रकम बैंकिङ प्रणालीमा निक्षेपको रूपमा जम्मा भइरहेको छ।

यसले बैंकहरूमा पैसा थप बढाएको छ। तरलता धेरै हुँदा अन्तरबैंक ब्याजदर समेत निकै कम भएको छ। बैंकहरूले निक्षेपको ब्याजदर घटाइरहेका छन् भने कर्जाको माग कम हुँदा वित्तीय प्रणालीमा निष्क्रिय रकम बढिरहेको छ।

यस्तो अवस्थामा राष्ट्र बैंकले “निक्षेप संकलन” मार्फत अतिरिक्त पैसा बजारबाट तानेर मुद्रा व्यवस्थापन गरिरहेको हो। यदि बजारमा अत्यधिक पैसा छाडियो भने भविष्यमा मुद्रास्फीति, सम्पत्ति बजारमा अस्वाभाविक वृद्धि वा वित्तीय असन्तुलन देखिन सक्ने जोखिम रहन्छ। विशेषज्ञहरूका अनुसार अहिलेको मुख्य चुनौती “पैसा अभाव” होइन, “लगानी अभाव” हो। बैंकहरूसँग पैसा भए पनि व्यवसायीमा आत्मविश्वास कमजोर हुँदा ऋण विस्तार हुन सकेको छैन।

यसले नेपालको अर्थतन्त्र अझै पूर्ण रूपमा चलायमान नभएको संकेत गर्छ। बैंकिङ प्रणालीमा तरलता उच्च हुनु बाहिरबाट सकारात्मक देखिए पनि उत्पादन, उद्योग, रोजगारी र लगानी नबढेसम्म यसलाई स्वस्थ आर्थिक अवस्था मान्न सकिँदैन।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com