बन्दमा सेवा दिएकोप्रति यात्रुको प्रहरीलाई सलाम
काठमाडौं– सार्वजनिक यातायात बन्द हुँदा लामो तथा छोटो दूरीका सवारी चलेका छैनन्। कतै निस्किन सास्ती खेपी रहेका यात्रुलाई नेपाल प्रहरीले आफ्नै बस सञ्चालन गरेर सेवा दिइरहेको छ ।

प्रहरीको बसमा सेवा पाउँदा यात्रु पनि मख्ख छन्। केही यात्रुले प्रहरीलाई सेवाका लागि सम्मान व्यक्त गर्दै सलाम ठोकेका छन् । उता प्रहरीले भने आफ्ना बसमा आउने जो कोहीलाई नमस्कार गर्दै स्वागत र बिदा गर्ने गरेका छन् ।
सार्वजनिक यातायात व्यवसायीहरूले हिजोदेखि सवारी ठप्प पार्दै आन्दोलन सुरु गरेका छन् । प्रहरी, सशस्त्र प्रहरीले पनि हिजैदेखि यात्रुलाई आफ्ना सवारीमार्फत यात्रुलाई सेवा दिइरहेको छ ।
