मलेसिया सरकारले होइन, अमिनजस्ता विदेशी एजेण्टको सहयोगमा सिण्डिकेट लाद्न प्रयास
काठमाडौं– मलेसियाले १५ देशबाट विदेशी कामदारहरु लिइरहेको छ । आज सम्म मलेसिया सरकारले विदेशी कामदारका हकमा कुनै पनि सिण्डिकेट लगाएको छैन ।

मलेसिया रोजगारी र स्वास्थ्य क्षेत्रमा काम गर्ने केही सिमित संस्थाले विदेशी नागरिकको सहयोगमा त्यहाँ जाने विदेशी कामदारमाथि आर्थिक भार पर्ने गरी बंगलादेशमा मात्र सिण्डिकेट लागाउन अमिन भन्ने बंगाली नागरिकको विस्टीनेट भन्ने संस्था सफल भएको र अहिले आएर त्यही संस्थामार्फत सिण्डिकेट लाद्न चलखेल भइरहेको छ ।
मलेसिया सरकारले विदेशी कामदारमाथि आर्थिक भार पर्नेगरी रोजगारी र स्वास्थ्यका नाममा कुनैपनि सिण्डिकेट नलगाएको रोजगार व्यवसायी लक्ष्मण पौडेल बताउँछन् । उनका अनुसार मलेसिया सरकारले विदेशी कामदार भित्र्याउँदा कुनैपनि झन्झट र सिण्डिकेट लगाएको छैन ।
तर त्यहाँ काम गर्ने केही विदेशी व्यक्ति र संस्थाले मात्र सिण्डिकेट लगाएको उनले बताए । बंगलादेशको जस्तै नेपालबाट मलेसिया कामदार पठाउने म्यानपावरमा सिण्डिकेट लगाउन बंगाली नागरिक अमिनको आडमा केहि नेपाली व्यवसायीहरुको प्रयत्न भइरहेको छ । त्यो मलेसिया सरकारको निर्णय होइन । केही व्यक्तिको स्वार्थ हो ।’ उनले भने, सिण्डिकेट लगाउन सफल भए भने विदेश जाने नेपालीलाई धेरै ठुलो भार पर्ने साथै धेरै म्यानपावर पलायन हुने उनको दाबी छ ।
विगतमा मलेसियाको रोजगारी स्वास्थ्य सिण्डिकेटकै कारण बन्द हुँदा १० लाखभन्दा रोजगारी गुमेकोसँगै रेमिट्यान्समा प्रभाव देखाएको उनको भनाइ छ ।
उनका अनुसार विगतमा मलेसियाकै स्वास्थ्य, कतार भिसा सेन्टर, गाम्का र साउदीको थममा जबरजस्ती सिण्डिकेट लगाइयो । तर विदेशमा कामदार लैजान भनि आज सम्म नेपालमा सिण्डिकेट लगाएको छैन । विगतमा संघ र व्यवसायीले सिण्डिकेटका विरोधमा आन्दोलन र विरोध गरेपनि जबरजस्ती सिण्डिकेट ला्गाएपछि व्यवसायी सञ्चालन गर्ने बाध्य हुनुप¥यो । यसरी लगाइएको सिण्डिकेट हटाउन धेरै मुश्किल हुने र कामदारमाथि आर्थिक भार थपिने काम भएरहेको पौडेलले समस्या औल्याएका छन् ।
मलेसियाका हकमा यसका लागि भित्र–भित्रै स्वार्थ समुह तातिएर राजनीतिक आड खोजिरहेको पौडेलको दाबी छ । बंगालादेशमा जस्तो सिण्डिकेट लाग्नुभन्दा पहिला नै रोक्न सबै व्यवसायी एक जुट हुनुपर्छ । साथै सरकार र सारोकारवाला निकायले पनि सहयोग गर्नुपर्छ । नत्र विगतमा जस्तो समस्या भोग्न हुनुपर्ने अवस्था आउँछ ।’ उनले भने ।
मलेसिया रोजगारीमा जाने कामदारमाथि अनावश्यक आर्थिक भार थपेको भन्दै २०७५ मा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ३६ मेडिकल संस्था खारेजी गर्ने निर्णय गरेका थिए ।
त्यतिबेला विष्टले मलेसिया जाने कामदारमारमाथि अनावश्यक सिन्डिकेट लगाएर आर्थिक शोषण गरेको आरोपमा महासंघका अध्यक्ष कैलाश खड्कासहित ३६ मेडिकल व्यवसायीलाई कारबाहीको सिफारिससमेत गरेका थिए । केही व्यवसायी पक्राउ परे भने खड्का राजनीतिक शक्तिको आडमा भागेर जोगिए ।
मलेसियाको रोजगारी खुलेसँगै उनले बंगाली नागरिक अमिनको सहयोगमा पुन मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षणको सिण्डिकेट ब्यूत्याए । उनले राजनीतिक आडमा मलेसियाको रोजगारीमा पटक–पटक समस्या खडा गदै आएका छन् । तर सरकारले उनीमाथि छानबिन गर्न सकेको छैन ।
२०७२ सालमा बंगलादेशी नागरिक अमिन र नेपाली एजेन्ट कैलाश खड्का मिलेर नेपालमा स्वास्थ्यको सिण्डिकेट भित्र्याएका थिए । अहिले यीनै अमिनको सहयोग लिएर खड्काले मलेसिया रोजगारीमा जाने कामदारका हकमा सिमित म्यानपावरले मात्र पठाउने गरी सिण्डिकेट खडा गर्ने प्रयासमा छन् ।
संघले स्वास्थ्य परीक्षण प्रक्रियामा पनि सिन्डिकेट दोहोर्याउने प्रयास भइरहेको आरोप लगाएको छ । हाल मलेसिया जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण ३६ वटा संस्थामार्फत मात्र हुँदै आएको छ । संघका एक पदाधिकारीका अनुसार मलेसियामा ‘मेडिकल सिन्डिकेट’ चलाउने माफिया नै रोजगारीमा पनि सिन्डिकेट लाद्ने प्रयासमा छन् ।
सरकारले कुनै पनि रोजगारदाता देशमा सिमित म्यानपावरले मात्र कामदार पठाउने गरी सिण्डिकेट लाग्न नदिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता मेघनाथ रिमालले जानकारी दिए । उनका अनुसार अहिले बजारमा सिण्डिकेटको हल्ला चलाइएको छ । तर वैदेशिक रोजगार ऐन र श्रम सम्झौता विपरित कुनैपनि देशमा सिण्डिकेट नहुने उनले प्रष्ट पारे ।
२०७५ कात्तिक १२ गते नेपाल र मलेसियबीच ून्य लागतमा कामदार लैजाने गरी श्रम सम्झौता भएको थियो । श्रम सम्झौताको अवधि सकिएपनि श्रम सम्झौता नवीकरण भएको छैन । यसको एउटा मुख्य कारण भनेको मलेसिया रोजगारीमा सिण्डिकेट लाद्न बिचौलियाको प्रयास हो ।
वैदेशिक रोजगारी क्षेत्रमा समस्याका रुपमा सिण्डिकेट विकास भइरहेको वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष सूजित श्रेष्ठ बताउँछन् । संघले यस्तो विकृति रोक्न लविङ र प्रयासमा लागेको उनले बताए । ‘संघ सिण्डिकेटको विरोधमा उत्रिएको छ । सरकारले वैदेशिक रोजगार ऐनअनुसार कामदार विदेशी पठाउने वातावरण बनाउनुपर्छ । यो संघको मुख्य एजेण्डा हो ।’ उनले भने ।
नेपाल मेडिकल व्यवसायी संघ ९नेमो० ले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने वाहानामा लगाइएको सिण्डिकेट अन्त्य गर्न सरकारसँग माग गरेको छ । नेपाल स्वास्थ्य मेडिकल महासंघका अध्यक्ष बनेका कैलाश खड्का पुनः सिन्डिकेट ब्युँताउन चलखेल गरिरहेको आरोप उनीहरुको छ ।
