Close

Recent Posts

कुवेत छाड्ने विदेशी कामदारका हकमा अनिवार्य एक्जिट पर्मिट

कुवेत छाड्ने विदेशी कामदारका हकमा अनिवार्य एक्जिट पर्मिट
  • ३० जेष्ठ २०८२, बिहीबार ११:३४

काठमाडौं– कुवेत सरकारले आप्रवासी कामदारलाई कम्पनी छोडेर स्वदेश फर्किँदा अनिवार्यरूपमा रोजगारदाताको अनुमति लिनुपर्ने भएको छ ।

mulpatra

कुवेतका प्रथम उपप्रधानमन्त्री एवं आन्तरिक मन्त्री शेख फहद अल–युसेफद्वारा जारी गरिएको मन्त्रीस्तरीय परिपत्रमार्फत यो निर्णय औपचारिकरूपमा लागू गरिएको हो । यो व्यवस्थाले सबै प्रवासी कामदारहरूलाई देश छोड्नु अघि एक्जिट पर्मिट प्राप्त गर्न अनिवार्य गरेको छ ।

आगामी जुलाई महिनादेखि लागू हुने यो नयाँ व्यवस्थाले कामदार र रोजगारदाता दुवैको अधिकारको रक्षा गर्ने कुवेतका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

mulpatra mulpatra mulpatra

अधिकारीहरूले नयाँ व्यवस्थाले उचित सूचनाबिना काम छोड्ने घटनाहरू कम गर्ने दाबी गरेका छन् । एक्जिट पर्मिट लिन कामदारको व्यक्तिगत विवरण, यात्रा विवरण समावेश गरेर एप्समार्फत आवेदन दिनुपर्नेछ ।

नयाँ व्यवस्था कुवेतको निजी क्षेत्रअन्तर्गत दर्ता भएका अस्थायी वा स्थायीरूपमा काम छोड्न चाहने सबै आप्रवासी कामदारहरूलाई लागू हुने बताइएको छ ।