Close

Recent Posts

३२ एजुकेसन कन्सल्टेन्सीलाई मुद्दा, ३७ वटामाथि अनुसन्धान जारी

३२ एजुकेसन कन्सल्टेन्सीलाई मुद्दा, ३७ वटामाथि अनुसन्धान जारी
  • ५ जेष्ठ २०८३, मंगलवार १२:५६

काठमाडौं– अनुमतिबिना सञ्चालनमा रहेका ३२ शैक्षिक परामर्श संस्था (एजुकेशन कन्सल्टेन्सी) लाई प्रहरीले मुद्दा चलाएको छ ।

mulpatra

शिक्षा ऐनबमोजिम उनीहरूमाथि मुद्दा चलाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए ।

अनुमतिबिना संस्था सञ्चालन, अनुमति लिएकै संस्थाहरूले विद्यार्थीका कीर्ते लगत खडा गर्ने, त्यसक्रममा सहीछापसम्बन्धी कानुनको उल्लंघनजस्ता कसुरमा थप ३७ कन्सल्टेन्सीमाथि अनुसन्धान भइरहेको एसएसपी खड्काले बताए ।

mulpatra mulpatra mulpatra

मुद्दा नचलाइएका ती कन्सल्टेन्सीले दर्ताका निम्ति प्रक्रिया थालेको निस्सा पेश गरेका छन् । मुद्दा चलाइएका ३२ कन्सल्टेन्सीले दर्ता वा अनुमतिबिना शैक्षिक परामर्श सञ्चालन गर्नुका साथै प्रचलित कानुनको उल्लंघन हुने अन्य कसुर पनि गरेको खड्काले बताए । उनीहरूलाई मुद्दा चलाउनका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको उनले बताए ।