भारतको गुजरातमा १५० भन्दा बढी यात्रु बोकेको विमान दुर्घटना

भारतको गुजरातमा १५० भन्दा बढी यात्रु बोकेको विमान दुर्घटना
  • ३० जेष्ठ २०८२, बिहीबार १५:१८

काठमाडौं– भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ ।

mulpatra

लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । विमानमा १५० भन्दा बढी यात्रु रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

भारतको सरकारी समाचार एजेन्सी पीटीआईले सरदार बल्लभ भाइ पटेल विमानस्थल नजिक आगोको मुस्लो र धुवाँ उडिरहेको भिडिओ सार्वजनिक गर्दै विमान दुर्घटनाको पुष्टि गरेको छ ।