Close

Recent Posts

नेपालबाट १० महिनामा साढे ८ अर्ब रेमिट्यान्स विदेशी कामदारले पठाए

नेपालबाट १० महिनामा साढे ८ अर्ब रेमिट्यान्स विदेशी कामदारले पठाए
  • ३१ जेष्ठ २०८२, शुक्रबार १६:२९

काठमाडौं– विदेशी कामदारले नेपालमा कमाएको रकम आफ्नो देशमा पठाउने क्रम तीव्र रुपमा बढिरहेको देखिन्छ । नेपालमा हाल चिनियाँ, भारतीय, बंगलादेशी र युरोपेली मुलुकका कामदारहरू विभिन्न आयोजना र कम्पनीहरूमा कार्यरत छन् ।

mulpatra

चालु आवको १० महिनामा नेपालबाट ८ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ बराबरको रेमिट्यान्स बाहिरिएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ५४.५३ प्रतिशत धेरै हो । गत आवको साउनदेखि बैशाखसम्म आइपुग्दा विदेशी कामदराले ५ अर्ब ४७ करोड ४४ लाख रुपैयाँ बढी रकम नेपालबाट लगेका छन् । नेपाल सरकारको वर्क पर्मिट ल्याएर नेपालमा काम गर्न आउने विदेशी कामदारले सो बराबरको रेमिट्यान्स आफ्नो देश पठाएका हुन् ।

वशेषगरी जलविद्युत आयोजना, निर्माण, पूर्वाधार, सूचना प्रविधि र बहुराष्ट्रिय परियोजनाहरूमा विदेशी कामदारको संलग्नता उल्लेखनीय छ । नेपाल सरकारको नीति अनुसार उनीहरूले आफ्नो कुल कमाइको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन सक्छन् भने २५ प्रतिशत नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ ।

पटाउँछन्, जसरी नेपालीले बाहिर गएर नेपालमा रेमिट्यान्स पटाउँछन् । सरकारले विदेशी कामदारहरूको व्यवस्थापन, अनौपचारिक श्रमको लेखाजोखा र विदेशी मुद्रा सन्तुलनको दीर्घकालीन रणनीति बनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

पछिल्लो समय नेपालबाट औपचारिक रुपमा बाहिरिने रेमिट्यान्स रकम पनि बढ्दो नै छ । नेपालबाटै विदेशी कामदारमार्फत बाहिरिने रेमिट्यान्स वृद्धिदर पनि बढ्दो रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

नेपाल भित्रने रेमिट्यान्स वर्षेनि बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनाको तथ्याङ्कले पनि यस्तो दर दोहोरो अंकमा वृद्धि भएको देखाउँछ ।

गत साउनदेखि बैशाख मसान्तसम्म आइपुग्दा १३ खर्ब ५६ अर्ब ६० करोड ६६ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो गत आवको सोही अविधको तुलनामा भने १३ प्रतिशत बढी हो । जबकि, गत आवको सोही अवधिमा ११ खर्ब ९८ अर्ब ६३ करोड ३७ लाख रुपैयाँ आएको थियो ।

आर्थिक वर्ष २०७५–७६ पछि मात्रै ४७ अर्ब २० करोड ३६ लाख रुपैयाँ नेपालबाट विदेशी कामदारले लगेका छन् । केन्द्रिय बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा कुल ६ अर्ब ६ करोड २ लाख रुपैयाँ रेमिट्यान्स नेपालबाट बाहिरिएको थियो । अघिल्लो आव २०७९–८० मा ६ अर्ब ६१ करोड २८ लाख, आव २०७८–७९ मा ७ अर्ब ६७ करोड ९१ लाख, आव २०७७–७८ मा ६ अर्ब १ करोड ८५ लाख, आव २०७६–७७ मा ५ अर्ब ४३ करोड ७३ लाख र आव २०७५–७६ मा ६ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ रेमिट्यान्स नेपालबाट विदेशी कामदारले लगेका छन् ।