अहमदाबाद विमान दुर्घटनाान मृत्यु हुनेको संख्या २७५ पुग्यो
काठमाडौं– अहमदाबाद विमान दुर्घटनामा मृत्यु भएकाको संख्या २७५ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हालसम्म अस्पतालमा २७० भन्दा बढी शवको पोस्टमार्टम गरिएको छ। अन्यको डीएनए नमुना लिने प्रक्रिया जारी छ । दुर्घटनामा मृत्यु हुनेको संख्या २७५ पुगेको छ ।
दुर्घटनास्थलमा भग्नावशेष हटाउने काम अझै जारी छ । गत बिहीबार दुर्घटनामा परेको त्यस एयर इन्डियाको विमानमा चालक दलका सदस्य र यात्रुसहित २४२ जना थिए, जसमध्ये एक यात्रु बाँचे र
![]() |
![]() |
![]() |
|---|
यसबाहेक विमान खसेको बीजे मेडिकल कलेज होस्टेलमा रहेका डाक्टर तथा कर्मचारी गरी ३४ जनाको पनि मृत्यु भएको हो।
एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान यही जुन १२ तारिख (जेठ २९) दिउँसो १ः३८ बजे अहमदाबाद विमानस्थलको रनवे २३ बाट लन्डनका लागि उड्नासाथ घना बस्ती भएको क्षेत्रमा खसेको थियो।
प्रत्यक्षदर्शीहरूका अनुसार, विमान केही सेकेन्डमै असन्तुलित भयो र विमानस्थलको सीमा बाहिर भवनमाथि खस्यो। दुर्घटना भएको केही समयपछि आगो लाग्यो र विमानबाहिरका मानिस पनि मरे।
Image Source: © https://mulpatra.com
विमान दुर्घटनाबारे भारतले सरकारले औपचारिक अनुसन्धान सुरु गरिसकिएको जनाएको छ।



