Close

Recent Posts

‘खै त मायाले कुरा बुझेको’मा शुधीर र बिनाको रोमान्स

‘खै त मायाले कुरा बुझेको’मा शुधीर र बिनाको रोमान्स
  • १ असार २०८२, आईतवार ११:१५

काठमाडौं– पछिल्लो समय राजेन्द्र बजगाईंको संगीत तथा संगीत संयोजनमा एकपछि अर्को गीतको भिडियो सार्वजनिक भइरहेको छ ।
यसै क्रममा गायिका शर्मिला बर्देवा र प्रमोद शर्माको स्वरमा ‘खै त मायाले कुरा बुझेको’ गीतको भिडियो सार्वजनिक भएको हो । यसमा दिनेश राज पुरीको शब्द, राजेन्द्र बजगाईंको संगीत तथा संगीत संयोजन रहेको छ । स्टुडियो २१, म्युजिक किचन र स्टनवेल स्टुडियो लण्डनमा रेकडिङ्ग गरिएको गीतको मिक्सिङ माष्टरिङ्ग मनोज परियारले गरेका हुन ।

mulpatra

सियोन श्रेष्ठको नृत्य तथा निर्देशन रहेको गीतको भिडियोमा शुधीर श्रेष्ठ, बिना रावत, श्रीस्वस्थानी तामाङ्ग लगायतको अभिनय रहेको छ । छायाकंन करन चैसीर, सम्पादन तथा कलर शिलन लम्सालले गरेका हुन् । ‘खै त मायाले कुरा बुझेको’ बोलको गीतलाई म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।