इजरायलमा कार्यरत नेपाली सुरक्षित छन् भने ९९ प्रतिशतले उद्धार नगर्नुहोला भने

काठमाडौं– इजरायलस्थित नेपाली दूतावासले अनुसार इजरायलमा कार्यरत नेपाली सुरक्षित रहेको जनाएको छ । यहाँ कार्यरत ९९ प्रतिशत नेपाली कामदार उद्धार गर्नुपर्ने अवस्थामा नभएको इजरायलस्थित नेपाली दूतावासका राजदूत धनप्रसाद पण्डितले जानकारी दिए । उनका अनसार हाल इजरायलको शहर तेल अविवमा तनाव छ ।
नेपालीहरुबारे हाताहात भएको अप्रिय खबर नआएको उनले बताए । ‘दूतावासले सम्पर्क गरेर उद्धार गर्नुपर्ने भए पनि भन्नुहोला भनेका छौं । तर ९९ प्रतिशत नेपालीहरुले ‘जे पर्छ व्यहोरौंला, उद्धार नगर्नुहोला भनेका छन् ।’ उनले भने ।
इजरायलले सरकारले नै इमर्जेन्सी सेवामा खटिएकाहरु बाहेक अरुलाई घर बाहिर ननिस्किन भनेर सूचना जारी गरेको छ । त्यसैले आज दूतावासको कार्यालय जानसक्ने अवस्था नभएको उनको भनाइ छ । दूतावासका कर्मचारीहरु अलग–अलग ठाउँमा सुरक्षित बसिरहेको पाइएको छ ।
इजरायलमा हमासले नेपाली विद्यार्थीहरुमाथि आक्रमण गर्दा नेपाल सरकारले नेपालीहरुको उद्धार गरेको थियो । यसपटक भने त्यस्तो अवस्था नभएको दूतावासले जनाएको छ ।
इरायली मिडियाहरुले इरानसँग लामो दुरीमा आक्रमण गर्नसक्ने मिसाइल २ हजारको संख्यामा छ । अहिलेको इजरायल र इरानको लडाइँ कति दिनसम्म चल्छ थाहा छैन ।
टाइम्स अफ इजरायलका अनुसार इरानको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । अहिले पनि इजरायलमा इरानी पक्षले आक्रमण जारी राखेको छ ।