Close

Recent Posts

जनताको लाइफलाई भन्दा फेसबुक लाइक बढाउन बालेन सरकार चिन्ताग्रस्त देखियोः गगन थापा

जनताको लाइफलाई भन्दा फेसबुक लाइक बढाउन बालेन सरकार चिन्ताग्रस्त देखियोः गगन थापा
  • २१ असार २०८३, आईतवार १६:२२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नेतृत्वको बालेन सरकार जनताको जीवनसँग प्रत्यक्ष जोडिएका विषयभन्दा सामाजिक सञ्जालमा लोकप्रियता बटुल्ने काममा बढी केन्द्रित भएको आरोप लगाएका छन्।

mulpatra

सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्न कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले नागरिकको ‘लाइफ’ भन्दा फेसबुकको ‘लाइक’ बढाउने चिन्तालाई प्राथमिकता दिएको टिप्पणी गरे। निर्णय गर्दा त्यसले नागरिकको जीवनमा पार्ने प्रभावभन्दा सामाजिक सञ्जालमा कस्तो प्रतिक्रिया आउँछ भन्ने मानसिकताबाट सरकार अघि बढेको उनको भनाइ थियो।

थापाले भूमिहीन, अव्यवस्थित बसोबासी, दलित समुदाय तथा विद्यार्थीसँग सम्बन्धित विषयमा सरकारको कार्यशैलीको आलोचना गर्दै प्रक्रिया मिचेर प्रचारमुखी शैली अपनाइएको बताए। सुकुम्बासी बस्तीमा आवश्यक कानुनी र मानवीय प्रक्रिया पूरा नगरी डोजर चलाउनु सरकारको ‘फिल्मी शैली’ भएको उनको आरोप थियो।

mulpatra mulpatra mulpatra

दलित समुदायसँग माफी माग्नु सकारात्मक भए पनि उनीहरूको जीवनस्तर सुधारका लागि ठोस कदम नचालिएको उनले बताए। त्यस्तै, एसईईको नतिजा छिटो सार्वजनिक गरिए पनि त्रुटिका कारण सयौं विद्यार्थी आन्दोलनमा उत्रिनुपरेको अवस्थाले सरकारको प्राथमिकता परिणाम देखाउने मात्र रहेको उनको तर्क थियो।

सभापति थापाले लोकतान्त्रिक शासन व्यवस्थामा परिणामसँगै प्रक्रिया पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै वर्तमान सरकार ‘म परिणाम दिन्छु, प्रक्रिया गोली मार’ भन्ने सोचका साथ अघि बढिरहेको आरोप लगाए। सरकारले लोकप्रियता हासिल गर्ने उद्देश्यले हतारमा निर्णय गर्दा दीर्घकालीन रूपमा नागरिकको जीवनमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिँदै उनले जनताको विश्वास जित्ने आधार सामाजिक सञ्जालको प्रशंसा नभई जिम्मेवार, पारदर्शी र विधिसम्मत शासन भएको बताए।