इजरायल–इरान युद्धः तेलको मूल्यमा तीव्र रुपमा वृद्धि, नेपालमा कस्तो प्रभाव पर्ला ?

इजरायल–इरान युद्धः तेलको मूल्यमा तीव्र रुपमा वृद्धि, नेपालमा कस्तो प्रभाव पर्ला ?
  • २ असार २०८२, सोमबार ०७:००

काठमाडौं इजरायलले इरानमाथि हमला गरेसँगै कच्चा तेलको मूल्य बढेको छ । दुई देशबीच युद्ध शुरु भएपछि कच्चा तेलको मूल्य ८ प्रतिशतले बढेर प्रति ब्यारेल ७५ डलर पुगेको रोयटर्सले उल्लेख गरेको छ ।

mulpatra

तेहरानले इजरायलमा थप ड्रोन वा मिसाइल प्रहार गर्न सक्ने भए पनि उसले अमेरिकाका मिडल इस्ट स्थित सैन्य अड्डा, रणनीतिक पूर्वाधार, वा साउदी अरेबिया तथा युएईका तेल र ग्याँस स्थलहरूलाई लक्षित गर्ने सम्भावना पनि छ ।

इजरायल र ईरानबीचको तनावका कारण तेलको मूल्यमा भएको तीव्र वृद्धिले नेपालमा पनि प्रत्यक्ष असर पार्ने सम्भावना छ । नेपाल पूर्ण रूपमा आयातित इन्धनमा निर्भर देश भएकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा स्वाभाविक रूपमा नेपाली बजारमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढ्नेछ ।

गत शुक्रबार अमेरिकी तेल र ब्रेन्ट क्रूडको मूल्य क्रमशः १४ र १३ प्रतिशतले बढेको थियो । यो २०२२ मार्च (रुसले युक्रेनमाथि पूर्ण आक्रमण शुरू गरेपछि) यताको सबैभन्दा ठूलो मूल्य वृद्धि हो ।

दुई देशबीच युद्ध शुरु भएपछि कच्चा तेलको मूल्य ८ प्रतिशतले बढेर ७५ डलर प्रति ब्यारेल पुगेको रोयटर्सले उल्लेख गरेको छ भने प्रति ब्यारेल १०० डलर पुग्ने अनुमान गरीएको छ ।ब्रेन्ट क्रूड ७ प्रतिशतले बढेर झन्डै प्रति ब्यारेल ७४.२३ डलरमा बन्द भएको छ ।

तर सबैभन्दा संवेदनशील क्षेत्र भनेको होरमुज जलडमरु हो, जुन इरान र ओमानको बीचमा रहेको सानो जलमार्ग हो। दैनिक झण्डै २ करोड ब्यारेल तेल, ग्यास र अन्य इन्धन यस जलमार्गबाट विश्वबजारमा पुग्ने गरेको छ ।

ओपेक सदस्य राष्ट्रहरू साउदी अरेबिया, इरान, युएई, कुवेत र इराकले आफ्ना अधिकांश तेल यही मार्ग हुँदै एशियातर्फ निर्यात गर्छन् । यदि ईरानले यो जलमार्ग अवरुद्ध गर्ने कोसिस ग¥यो भने, तेलको मूल्य एक्कासी चुलिनेछ र १०० डलर भन्दा माथि पुग्ने सम्भावना रहेको विष्लेषण गरिएको छ ।