Close

Recent Posts

एमालेनिकट कानुन व्यवसायीहरूको अध्यक्षमा अमर थापा निर्वाचित

एमालेनिकट कानुन व्यवसायीहरूको अध्यक्षमा अमर थापा निर्वाचित
  • २ असार २०८२, सोमबार ०८:०८

काठमाडौं । हिजो भएको प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पिपिएलए) को अध्यक्षमा अमर थापा निर्वाचित भएका छन्। (पिपिएलए) एमालेनिकट कानुन व्यवसायीहरूको संस्था हो । कानुन व्यवसायी ओमप्रकाद थपलिया र अमर थापा दुबैले दावी गरेपछि सर्वसम्मत गर्ने प्रयास असफल भएको थियो । निर्वाचनमा होमिएको (पिपिएलए) आइतबार भएको निर्वाचनमा थापाले ४३ मतले विजयी भए उनले २५६ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी ओमप्रसाद थपलियाले २१३ मत ल्याए।

mulpatra

खुला उपाध्यक्षमा भीमसेन बञ्जारा निर्विरोध भएका थिए। भने महिला उपाध्यक्षमा यशोदादेवी खरेल र हिमादेवी बस्नेत विच प्रतिस्पर्धा भएको थियो जसमा यशोदादेवी खरेल निर्वाचित भइन्। उनले ३०५ मत ल्याइन्। प्रतिस्पर्धी हिमादेवी बस्नेतले १५२ मत ल्याइन्।

पाँच जना प्रतिस्पर्धी रहेको महासचिवमा भुवनप्रसाद निरौला १६३ मत ल्याएर निर्वाचित भए। चुडामणी पौडेल ७४, देवीप्रसाद भट्टराई ८३, शान्तिराम खतिवडा २७ र शिव अर्याल ११६ ल्याई पराजित भए ।

उममहासचिवमा बालकृष्ण आचार्य र सहकुल खत्रीलाई पराजित गर्दै बाबुराम राई निर्वाचित भए। उनले २१७ मत ल्याई विजयी भए । तीन सचिवमा युवककुमार गौतम १३९, अनिता गौतम २२७, मुकुन्दप्रसाद अधिकारी १३१ मत ल्याएर निर्वाचित भइन्। मुकुन्द अधिकारी र हरिप्रसाद मैनालीको मत बराबर आएकाले गोलाप्रथाबाट छिनोफानो गरिएको थियो। सचिवमा नौ जनाको प्रतिस्पर्धा रहेको थियो ।

कोषाध्यक्षमा कुमार घिमिरे २२९ मत ल्याएर निर्वाचित भए। अधिकांश सदस्यहरू निर्विरोध चुनिएका थिए।