Close

Recent Posts

खाडीका देशमा अत्यधिक गर्मी बढेपछि दिउँसो काम गर्न रोक, अटेर गर्ने कम्पनीलाई ५० हजार जरिवाना

खाडीका देशमा अत्यधिक गर्मी बढेपछि दिउँसो काम गर्न रोक, अटेर गर्ने कम्पनीलाई ५० हजार जरिवाना
  • २ असार २०८२, सोमबार १०:५०

काठमाडौं– खाडीका देशमा अत्यधिक गर्मीका कारण दिउँसो ३ घण्टा काममा प्रतिबन्ध लगाइएको छ । यूएईले आइतबारदेखि घाममा र खुला ठाउँमा दिउँसो साढे १२ बजेदेखि ३ बजेसम्म काम गर्न प्रतिबन्ध लगाएको हो ।

mulpatra

यो नियम सेप्टेम्बर १५ सम्म अर्थात् ३ महिना लागू रहनेछ । खाडीका अन्य मुलुकमा पनि दिउँसोको समयमा खुला ठाउँमा कामदारलाई काममा लगाउन प्रतिबन्ध गरिएको छ । हाल यूएईमा ५ लाख नेपाली कामदार कार्यरत छन् ।

युएईको अबुधावीमा ३८ डिग्री सेल्सियस, दुबईमा ३९ डिग्री सेल्सियस, कतारको दोहामा ३७ डिग्री सेल्सियस, साउदीअरवको जेद्दामा ३७ डिग्री सेल्सियस, रियादमा ४६ डिग्री सेल्सियस र इराकको बग्दादमा ४७ डिग्री सेल्सियस पुगेको थियो । यो तापक्रम दैनिकरूपमा बढ्ने बताइएको छ ।

mulpatra mulpatra mulpatra

खाडी सहयोग परिषद् (जिसिसी) भनिने बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई)मा नेपालीसहित लगभग ३ करोड विदेशी नागरिकहरू कार्यरत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको भनाइ छ । उक्त संख्या जिसिसी मुलुकहरूको कुल जनसंख्याको ५२ प्रतिशतभन्दा बढी हो ।

शनिबार त्यस क्षेत्रमा सबैभन्दा कम तापक्रम ठानिएको ओमानको मस्कटमा ३६ डिग्री सेल्सियस र सबैभन्दा बढी कुवेतको कुवेत सिटीमा ५० डिग्री सेल्सियस रहेको थियो । प्रतिबन्ध पालना नगरेको अवस्थामा एक जना कामदार प्रभावित भएको भए ५ हजार दिराम र कामदार समूहमा भए ५० हजार दिराम जरिवाना गर्ने यूएईले बताएको छ

दिउँसोको समय काममा लगाएको प्रतिबन्धको कार्यान्वयनले विश्वव्यापी चासोको व्यावसायिक स्वास्थ्य र सुरक्षा मापदण्डहरू पालना भइ गर्मी महिनाहरूमा गर्मीसँग सम्बन्धित चोटपटक र स्वास्थ्य जोखिमबाट कामदारहरूलाई जोगाउनु रहेको बताइएको छ ।

Image Source: © https://mulpatra.com

अत्यधिक गर्मीले शरीरको तापक्रम उच्च बनाइ मिर्गौला जस्ता अंग विफल हुने, अत्यधिक पसिना आउने, कमजोरीले चक्कर लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने कतिपय अवस्थामा मांसपेशी ऐंठन समेत हुने चिकित्सकहरू बताउँछन् ।

कतार, साउदी अरेबिया र यूएई जस्ता देशहरूमा काम गर्ने विदेशी कामदारको ठूलो हिस्सा प्रायः कम ज्याला वा अनिश्चित मानिने कन्स्ट्रक्सन, घरेलुलगायतका चुनौतीपूर्ण काम गरिरहेका छन् ।