इजरायल– इरानलाई केही समय लड्न दिनुपर्ने ट्रम्पको अभिव्यक्ति

इजरायल– इरानलाई केही समय लड्न दिनुपर्ने ट्रम्पको अभिव्यक्ति
  • २ असार २०८२, सोमबार ११:१९

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इजरायल र इरानबीच सम्झौता होस् भन्ने आफ्नो चाहना व्यक्त गर्दै ‘राम्रो सम्भावना’ रहेको बताएका थिए । तर त्यसको केही समयपछि उनले ‘कहिलेकाहीँ उनीहरूले लड्नुपर्ने हुन्छ’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका छन् ।

फक्स न्यूजका अनुसार दुई राष्ट्रबीचको बढ्दो द्वन्द्व कसरी कम गर्ने भन्नेबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “मलाई आशा छ ,सम्झौता हुनेछ । मलाई लाग्छ यो सम्झौताको लागि समय हो र के हुन्छ हेरौं, तर कहिलेकाहीँ उनीहरूले लड्नुपर्ने हुन्छ ।’ भन्ने उनले जवाफ दिएका थिए ।

क्यानाडामा हुने जी ७ शिखर सम्मेलनका लागि प्रस्थान गर्नुअघि ह्वाइट हाउस बाहिर बोल्दै उनले थपे, “मलाई लाग्छ सम्झौता हुने राम्रो सम्भावना भएको फक्स न्युजमा भनिएको छ ।

यद्यपि, उनले इजरायललाई इरानमा हवाई हमला रोक्न आग्रह गरेका छन् वा छैनन् भन्ने बारेमा केही बताउन अस्वीकार गरे । उनले भने, “म त्यो भन्न चाहन्नँ । ‘लड्न दिने’ भन्ने ट्रम्पको यो भनाइ रूस र युक्रेनबीचको द्वन्द्वबारे उनले यस अघि दिएका टिप्पणीहरूसँग मिल्दोजुल्दो छ ।

ट्रम्पले इरानसँग अमेरिकाको ‘निकै राम्रो सम्बन्ध’ रहेको र इजरायल र इरान बीच ‘एक अर्का प्रति ठूलो सम्मान’ रहेको उनको भनाइ थियो ।