सदनमा बोलेपछि रास्वपा वेल घेराउमा, राप्रपाद्वारा बहिष्कार,

सदनमा बोलेपछि रास्वपा वेल घेराउमा, राप्रपाद्वारा बहिष्कार,
  • २ असार २०८२, सोमबार १३:१३

काठमाडौं–रास्वपाले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै आज पनि सदन अवरोध जारी राखेको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसाको आवरणमा राज्य संयन्त्रले नीति बनाएर मानव बेचबिखन गरिरहेको भन्दै छानबिन हुनुपर्ने अडान दोहो¥याएका छन् ।

सङ्ख्याको दम्भ नदेखाउन भन्दै परियारले यो विषयमा आफूहरू गम्भीर भएर लागेको बताए । गृह प्रशासनकै मिलेमतोमा मानव तस्करी भएको आरोप लगाउँदै आफूहरू कराइरहँदा पनि बल प्रयोग गरेर सदन नचलाउन चेतावनी दिए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्य जनताको लागि हो कि शासकहरूको लागि ? भन्दै प्रश्न गरे । उनले आफ्नो नागरिकलाई तस्कर गर्ने राज्यलाई जवाफदेहिता कसले बनाउने भन्दै प्रश्न दोहो¥याए ।

हिजो पनि रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारपछि सभामुखले बैठक अघि बढाएका थिए । बैठकअघि सभामुखले राखेको छलफलमा कुनै सहमति हुन सकेन । आज पनि राप्रपाले बैठक बहिष्कार गरेको छ भने रास्वपा वेल घेराउमा आएको छ । आज रास्वपाबाट सन्तोष परियार र राप्रपाबाट राजेन्द्र लिङ्देनले बोलेका थिए ।