३७ जिल्लामा बाढीको जोखिम, १४ मा एल्लो वारेन्ट

काठमाडौं– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज पूर्वदेखि पश्चिमसम्म ३७ जिल्ला र आसपासका जिल्लमा बाढीको जोखिम छ ।
महाशाखाले हरेक दिनजस्तै आज (असार २, सोमबार) पनि सम्भावित बाढीबारे जानकारी दिँदै होसियारीका लागि चेतावनी दिएको हो ।
बाढी महाशाखाका अनुसार आजसमेत ३ दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती कन्काई, कमला बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता आवश्यक छ ।
आज इलाम, धनकुटा, तेहथुम, ओखलढुंगा, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, सल्यान, गोरखा, तनहुँ, स्याङजा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बाँके, दाङ, रुकुमपश्चिम, रुकुमपूर्व, रुपन्देही, प्युठान र आसपासका जिल्ला मई वहने अधिकांश ससाना नदीमा बहाब सामान्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी महाशाखाले सूचनामा आग्रह गरेको छ ।
१४ जिल्लाका लागि भने बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो वारेन्ट दिएको छ। यो सूचीमा संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, स्याङजा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, डोटी र डडेलधुरा छन् ।