काठमाडौंका प्रमुख प्रशासकीय अधिृकत गुरागाईंविरुद्धमा पाण्डे अदालत गए
काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित प्रहरी प्रमुख राजुनाथ पाण्डे अदालत गएका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध पाण्डेले उच्च अदालत पाटनमा निवेदन दिएको पाइएको छ ।

पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले उच्चमा रिट निवेदन दिएका हुन् । उनीहरूलाई भोलि छलफलका लागि बोलाइएको छ । तर, अदालत स्रोतले दिएको जानकारी अनुसार, पाण्डेले दिएको निवेदन आजै दर्ता भएको छ । पाण्डेले भने यसबारे आफूले कुनै प्रतिक्रिया दिएनन् ।
