Close

Recent Posts

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न दूतावासले थाल्यो नाम दर्ता
  • ४ असार २०८२, बुधबार १२:२८

काठमाडौं– इजरायलको तेल अविवस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नाम दर्ता सुरु गरेको छ । दूतावासले सार्वजनिक सूचना जारी गर्दै उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहनेका लागि अनलाइन दर्ता सुरु गरेको जनाएको हो ।

mulpatra

’इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा÷त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ,’ दूतावासले सूचनामा भनेको छ ।

उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहने नेपाली नागरिकले दूतावासले उपलब्ध गरेको वेब लिंकमा क्लिक गरी रजिष्ट्रेसन गर्न अनुरोध गरिएको छ। इजरायलमा साढे पाँच हजार नेपाली रहेको दूतावासले जानकारी दिएको छ ।

mulpatra mulpatra mulpatra