राजदूत पण्डित भन्छन्: इजरायलबाट पहिलोपटक विराटनगरका मेयर कोइरालाको उद्धार,डाक्टरसहित २ नेपाली फर्किन खोज्दैछन्

राजदूत पण्डित भन्छन्: इजरायलबाट पहिलोपटक विराटनगरका मेयर कोइरालाको उद्धार,डाक्टरसहित २ नेपाली फर्किन खोज्दैछन्
  • ४ असार २०८२, बुधबार १७:३५

काठमाडौं– इजरायल र इरानबीच पाँच दिनदेखि चलिरहेको सैन्य संघर्षले पश्चिम एसियामा समस्या सिर्जना सुरु भएको छ । सहकारी अभ्यासबारे अध्ययन गर्न भन्दै इजराइलको पुगेका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला इजरायल र इरानबीच भएको युद्धका कारण रोकिएका थिए ।

mulpatra

इजरायलका नेपाली राजदूत डा. धनप्रसाद पण्डितले इजरायल र इरानका कारण रोकिएका मेयरलाई पहिलोपटक उद्धार गरी स्वदेश पठाइको छ । इजरायल–इरानबीच युद्ध चर्किएपछि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकाले कोइराला नेपाल फर्किन नपाएका मेयरलाई जोर्डन हुँदै स्वदेश फर्किएको राजदूत पण्डितले मूलपत्रलाई जानकारी दिए ।

उनका अनुसार हाल इजरायलमा अवैध रुपमा २० वर्षदेखि बस्दै आएका नेपाली मात्र युद्धका कारण स्वदेश फर्किन खोजेका छन् । ‘हाल तीन–चार जना मात्र स्वदेश फर्किने भन्दै दूतावासकको सम्र्पकमा आएका छन् । जसका एक जना डाक्टर छन् । उनलाई पनि फकाउन पहल भइरहेको छ ।’ उनले भने ।

सुरक्षाको लागि बंकरमा जाने गरेका छौ । सबैभन्दा सुरक्षित जै बंकर भएको राजदस्त पण्डितले जानकारी दिए । युद्ध कति समय चल्छ थाहा छैन । अहिले त्यसैको मात्र अन्योल, डर र त्रास भएको उनी बताउँछन् ।

इजरायलमा ५ देखि ७ हजार नेपाली कार्यरत छन् । सबै सुरक्षीत रहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलको कृषि र कियरगिभर क्षेत्रमा ५ हजार ५ सय नेपाली श्रमिक कार्यरत छन् ।

इजरायलमा अहिले युद्धको अवस्था रहेको र बजार, स्कुल तथा यातायात सबै बन्द रहेकाले कुनै आपतकालीन अवस्था आइपरे सम्पर्क गर्न नेपालीहरूलाई भनिएको छ । पछिल्लो घटनाक्रमका बारेमा दूतावास परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क भइरहेको दूतावासले जनाएको छ ।
इरानले हाइफा र तेलअभिभ लगायतमा क्षेत्रमा गरेको क्षेप्यास्त्र प्रहारबाट १३ जना इजरायली नागरिकको मृत्यु भइसकेको छ । जसका कारण यस क्षेत्रमा अहिले तनाव त्रास उतिकै छ ।