Close

Recent Posts

अमेरिकाले विदेशी विद्यार्थीलाई भिसा दिने, यस्तो छ नयाँ प्रक्रिया

अमेरिकाले विदेशी विद्यार्थीलाई भिसा दिने, यस्तो छ नयाँ प्रक्रिया
  • ५ असार २०८२, बिहीबार १२:३७

काठमाडौं– अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थीको भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने बताएको छ । यसका लागि, सबै आवेदकहरूलाई उनीहरूको सामाजिक सञ्जाल प्रोफाइलको गोपनीयता सेटिङ सार्वजनिक राख्न निर्देशन दिइनेछ ।

mulpatra

भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाता जाँच गरिने बताइएको छ । नयाँ दिशानिर्देशहरू अन्तर्गत, आवेदकहरूको अनलाइन उपस्थिति सहित व्यापक र कडा छानबिन गरिने जनाइएको छ ।

मन्त्रालयका अनुसार विदेशमा रहेका अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूले चाँडै नै यी भिसा आवेदनहरूको तालिका पुनः सुरु गर्नेछन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका आफ्ना दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्ट रोक्न आदेश दिएका थिए ।

mulpatra mulpatra mulpatra

ट्रम्प प्रशासनले आवेदकहरूको सामाजिक सञ्जाल खाताहरूको गहन अनुसन्धान गर्ने योजनामा काम गरिरहेको बताएको थियो । ‘हामी हाम्रो भिसा जाँचमा उपलब्ध सबै जानकारीहरू अमेरिकामा प्रवेशको लागि योग्य नहुन सक्ने आवेदकहरू, विशेष गरी राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्ने व्यक्तिहरू पहिचान गर्न प्रयोग गर्छौँ,’ मन्त्रालयले एक प्रेस विज्ञप्तिमा भनेको छ ।

नयाँ शर्त

विद्यार्थी भिसा फेरि सुरु गर्ने बताएको अमेरिकी विदेश मन्त्रालयले त्यसका निम्ति केही शर्त पनि राखेको छ। उसले सबै आवेदकहरूलाई तिनका सामाजिक सञ्जालको सुदृढ अनुगमनका निम्ति तिनलाई खुला (पब्लिर्क गर्न भनेको छ ।

Image Source: © https://mulpatra.com

गएको जेठ १३ मे २७० मा ट्रम्प प्रशासनले विदेशस्थित उसका राजदूतावासहरूलाई विद्यार्थी भिसाका लागि अन्तर्वार्ताका निम्ति समय दिने कार्य रोक्न आदेश दिएको थियो ।

त्यतिखेर पनि उसले भिसा आवेदकहरूको सामाजिक सञ्जालको परीक्षणलाई विस्तार गर्न तयारी थालेको जानकारी दिएको थियो ।

कूटनीतिक निकायहरूलाई जारी गरिएको सूचनामा विदेशमन्त्री मार्को रुबियोले ‘थप निर्देशन नआएसम्मका लागि’ ती कार्य स्थगन हुने भनेका थिए ।

रुबियोले उनको सन्देशमा विद्यार्थी तथा फरेन एक्सचेन्जअन्तर्गतका भिसा आवेदकहरूको सामाजिक सञ्जालको निगरानी वा परीक्षण गहन बनाइने बताएका थिए ।

सन् २०२३(२४ को शैक्षिक वर्षमा २१० देशका ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकी कलेजहरूमा भर्ना भएको विदेशी विद्यार्थीसम्बन्धी आँकडा सङ्कलन गर्ने सङ्गठन ओपन डोअर्सले जनाएको छ।

गत वर्ष सबभन्दा धेरै भारतबाट आएका थिए। ओपन डोअर्सका अनुसार गत वर्ष ३ लाख ३० हजारभन्दा धेरै भारतीय विद्यार्थी अमेरिका पढ्न आएका थिए।

दोस्रो स्थानमा करिब २ लाख ८० हजार विद्यार्थीसहित चीन रहेको छ। त्यसपछि धेरै सङ्ख्यामा अमेरिकामा पढ्न जानेहरूमा दक्षिण कोरिया, क्यानडा, ताइवान, भिएतनाम, नाइजिरिया, बाङ्ग्लादेश, ब्रजिल र नेपालका रहेका छन्।