इरानी परमाणु केन्द्रमाथि अमेरिकी आक्रमण

काठमाडौं । अमेरिकाले इरानको परमाण केन्द्रहरुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा सफल हवाई आक्रमण सम्पन्न गरेको उनको ट्रुथ सोसल साइटमा उल्लेख गरेका छन । बताएका छन् ।
ट्रुम्ले उल्लेख गरे अनुसार अमेरिका द्वारा फोर्डो , नतान्ज र इस्फहान स्थित आणविक केन्द्रहरूमा छ वटा बंकर बस्टर बमबाट आक्रमण गरेको हो ।
इरानका आणविक स्थलहरूमा रातारात आक्रमण गर्न अमेरिका बि–टु स्टेल्थ बमवर्षक विमान प्रयोग गर्यो। ती विमान ‘बंकर बस्टर’ बमहरू प्रहार गर्न तयार गरिएका हुन ।
यसअघि फोर्डो परमाणु केन्द्र ध्वस्त गर्न अमेरिकाको एउटै बम काफी छ भन्ने गरिएपनि त्यसमाथि छ वटा बंकर बम झारिएको उल्लेख गरिएको छ ।
फक्स न्युजका अनुसार नातान्ज र इस्फाहानमा रहेका आणविक स्थलहरूमा भने अमेरिकी पनडुब्बीहरूले करिब ४०० माइल टाढाबाट प्रक्षेपण गरिएको ३० वटा टोमहक मिसाइलले आक्रमण गरिएको हो।